मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरूः कोही निर्वाचन क्षेत्रविहीन, कोही 'डेन्जर जोन'मा

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरूः कोही निर्वाचन क्षेत्रविहीन, कोही 'डेन्जर जोन'मा

नेकपा एकता भंग भएपछि एमालेमै अडिएका पूर्वमाओवादी सात नेताहरू आगामी चुनावमा प्रत्यक्षतर्फको सिफारिसमा परेका छन्। पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिनेहरूसँग सात भाइको भिडन्त रोचक हुने पक्का छ।
 |  बिहीबार, भदौ २३, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता भंग हुँदा रामबहादुर थापा ‘बादल’को नेतृत्वमा केन्द्रमा चर्चाका रहेका ७ जना नेताहरू एमालेमै अडिए। नेकपा एकता भंग भएर एमाले र माओवादी अलग–अलग हुँदा माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दाबा लामा तामाङलगायत नेता एमालेमै बसेका थिए। थापा, रायमाझी, साह, भट्ट र चौधरीले माओवादीको कारबाहीमा परेर सांसद पदसमेत गुमाउनुपरेको थियो।

triton college

रायमाझी, शाह, भट्ट र चौधरीले २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने थापा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। यीमध्ये धेरै नेताहरू अहिले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। यी ७ नेतामध्ये रायमाझी, साह, भट्ट र चौधरी अहिले पनि एमालेबाट उम्मेदवार बन्ने तयारीमा छन्। तर रामबहादुर थापा, मणि थापा र दाबा लामा तामाङको भने आफ्नो सुरक्षित क्षेत्र अहिले पनि देखिँदैन। 

रामबहादुर थापा 
तत्कालीन एमाले र माओवादी केन्द्र एकता भंग हुँदा एमालेमा बसेकामध्ये सबैभन्दा शीर्ष तहका नेता हुन्, रामबहादुर थापा। अहिले उनी एमाले उपाध्यक्ष छन्। थापा मोहन वैद्यले माओवादी विभाजन गरेसँगै २०६९ मा वैद्यसँगै थिए। वैद्य नेतृत्वको पार्टीलाई पनि नेत्रविक्रम चन्दले विभाजन गरेपछि थापा पुष्पकमल दाहाल नेतृत्वको माओवादीमै फर्किए।

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ पहिलो साता एकताको घोषणा गरेका थिए। तर एकता घोषणा गरेको २९ महिना पनि टिक्न सकेन। नेकपा फुटेपछि माओवादीका केही नेता एमालेमै बसे। रामबहादुर थापा पहिलो संविधानसभा चुनावमा चितवनको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। २०७० मा मोहन वैद्यसँगै रहेका थापाहरूले चुनाव वहिष्कार गरे। २०७४ मा क्षेत्र समायोजन हुँदा थापाको निर्वाचन क्षेत्र चितवन-२ र ३ मा विभाजित भयो। थापा अहिले चितवन-२ का मतदाता हुन्। ज्ञवाली पनि सोही क्षेत्रका मतदाता हुन्।

२०७४ मा चितवन-३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाण्डेलाई हराएका थिए। थापा प्रतिनिधि सभामा उम्मेदवार बनेनन्। चुनावी मैदानमा नउत्रिएका थापा पछि राष्ट्रिय सभा सांसदमा विजयी भएका थिए।

corrent noodles
Metro Mart

अहिले थापाको निर्वाचन क्षेत्रको टुंगो छैन। चितवन क्षेत्र नम्बर ३ एमालेले राप्रपासँग गठबन्धन गरेर विक्रम पाण्डेलाई समर्थन गर्न सक्छ। पाण्डेलाई सो क्षेत्र नसुम्पिँदा पनि २०७४ मा भरतपुर महानगरको मेयरका उम्मेदवार देवी ज्ञवालीले चितवन-२ दाबी गर्न सक्छन्। यसो हुँदा थापा क्षेत्रविहीन हुने सक्ने सम्भावना छ। 

मणि थापा र दाबा लामा पनि क्षेत्रविहीन 
रामबहादुर थापाजस्तै मणि थापा र दाबा लामाको पनि निश्चित चुनावी क्षेत्र छैन। प्यूठानका मतदाता मणि थापा सो क्षेत्रमा आफ्नो दाबी पेस गर्ने अवस्थामै नभएको नेताहरूले बताएका छन्। मणि अहिले एमाले स्थायी समिति सदस्य हुन्। पोलिटब्यूरो सदस्य सूर्य थापा, जिल्ला अध्यक्ष विजय विष्ट भएको अवस्थामा मणि थापा प्रत्यक्ष चुनावी मैदानमा जान दाबी पेस गर्ने अवस्थामै नभएको नेताहरूको बुझाइ छ। प्यूठानबाट पोलिटब्यूरो सदस्य सूर्य थापाको एकल नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भइसकेको छ। 

हाल एमाले केन्द्रीय सदस्य रहेका दाबा लामा २०७४ को चुनावमा प्रदेशसभा सदस्यमा पराजित भएका नेता हुन्। उनी २०७४ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका थिए। २०६४ को पहिलो संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट लामा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधानसभामा लामा सोही क्षेत्रबाट पराजित भए। २०७० मा यो क्षेत्रबाट एमालेका शेरबहादुर तामाङ निर्वाचित भएका थिए।

२०७४ मा वाम गठबन्धन हुँदा प्रतिनिधिसभामा शेरबहादुर तामाङ उम्मेदवार बने पनि उनी प्रदेश ‘ख’ मा प्रदेशसभाको उम्मेदवार भएका थिए। उनी  नेपाली कांग्रेसका निमा लामासँग पराजित भए। दाबा १९७ मतान्तरले पराजित भएका थिए। अहिले पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमालेबाट शेरबहादुर तामाङ निर्विकल्प उम्मेदवार भएका कारण दाबा क्षेत्रविहीन बनेका छन्। 

प्रकाशित: Sep 08, 2022| 12:50 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...