मंगलबार, असोज १, २०८१

सुनसरी–२ मा प्रदेशसभा संसदीय दलका नेताबीच प्रतिस्पर्धा!

नेकपा एमालेबाट सिफारिसमा परेका मध्ये भीमप्रसाद आचार्य र नेपाली कांग्रेसका राजीव कोइराला दुवै प्रदेश १ संसदीय दलका नेता हुन्। दुवै नेताहरू एउटै क्षेत्रबाट सिफारिसमा परेपछि आगामी उम्मेदवारी र निर्वाचनको प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो।
 |  बिहीबार, भदौ २३, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बिहीबार, भदौ २३, २०७९

इटहरी– सुनसरी क्षेत्र नम्बर २ मा यसअघिको निर्वाचनभन्दा चुनावी माहोल बढी गर्माएको छ। गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खासै चर्चा नभएको क्षेत्र नम्बर २ ले यस पटक उम्मेदवारी सिफारिसदेखि नै चर्चा पाएको हो।

triton college

नेकपा एमालेबाट सिफारिसमा परेका मध्ये भीमप्रसाद आचार्य र नेपाली कांग्रेसका राजीव कोइराला दुवै प्रदेश १ संसदीय दलका नेता हुन्। दुवै नेताहरू एउटै क्षेत्रबाट सिफारिसमा परेपछि आगामी उम्मेदवारी र निर्वाचनको प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो।  

सुनसरी १ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् आचार्य। २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका उनी मुख्यमन्त्री बन्ने आशमा प्रदेशसभामा झरेका थिए। तर तत्कालीन नेकपा संसदीय दलको नेतामा दुई मतले पराजित भएपछि उनको मुख्यमन्त्री बन्ने बाटोमा अवरोध भयो।

तत्कालीन नेकपा विभाजनसँगै एमाले पनि विभाजन हुन पुग्यो। माधवकुमार नेपाल निकट मानिएका आचार्य मुख्यमन्त्री बन्ने भएपछि नेकपा एमालेमै रहे। तत्कालीन मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई दलको नेता बताए। प्रदेशसभाको ठूलो दलको हैसियतले उनले सरकार बनाए।

विश्वासको मत लिन नसकेपछि उनको मुख्यमन्त्री पद खुस्कियो। अहिले पनि उनी संसदीय दलको नेताको हैसियतमा छन्। एमाले स्थायी कमिटी सदस्य तथा पर्यटन विभाग प्रमुख रहेका उनी सँगै जिल्ला अध्यक्ष रेवती रमण भण्डारीको पनि सम्भावना बलियो देखिन्छ।

Metro Mart
vianet

भण्डारी यसअघि २०६४ सालको निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएका थिए। २०७० को निर्वाचनमा सुनसरी–२ बाट विजयी भएका उनी पुनः सोही क्षेत्रबाट निर्वाचित हुने दाउमा छन्। नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष द्धारिकलाल चौधरी र खेमराज पोखरेल भण्डारी उम्मेदवार भए खुलेरै असहयोग गर्ने पक्षमा छन्। आचार्यसँग निकट पोखरेल र चौधरी भण्डारीलाई स्वीकार गर्ने पक्षमा छैनन्।

नेकपा एमालेबाट सिफारिसमा परेका मध्ये भीमप्रसाद आचार्य र नेपाली कांग्रेसका राजीव कोइराला दुवै प्रदेश १ संसदीय दलका नेता हुन्। दुवै नेताहरू एउटै क्षेत्रबाट सिफारिसमा परेपछि आगामी उम्मेदवारी र निर्वाचनको प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो। 

२०७८ पुसमा सम्पन्न एमाले जिल्ला अधिवेशनमा चौधरी र पोखरेल भण्डारीसँग पराजित भएका थिए। भण्डारी यसअघि पनि एमाले सुनसरी अध्यक्षको जिम्मेवारीमा थिए। २०७४ को निर्वाचनमा टिकट नपाएपछि उनी भीम आचार्यसँग रुष्ट भए। भीम आचार्यविरुद्ध सामाजिक सञ्जालमै अभिव्यक्ति दिएका उनले संसदीय दलको नेतामा पराजित गर्न शेरधन राईलाई खुलेरै सहयोग गरे। यसले पनि आचार्यसँगको उनको सम्बन्धमा तिक्तता आयो। पछिल्लो समय एउटै निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका दुई नेताहरू अहिले टिकटको होडबाजीमा छन्।

नेपाली कांग्रेसबाट प्रदेश १ संसदीय दलका नेता तथा केन्द्रीय सदस्य राजीव कोइराला, अर्का केन्द्रीय सदस्य राजीव ढुंगाना र वर्तमान प्रतिनिधिसभा सदस्य सिताराम मेहता छन्।

कोइराला यसअघि सुनसरी २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पछि संसदीय दलको नेता चयन भएका उनी एमाले विभाजनपछि मुख्यमन्त्री बन्ने तयारीमा देखिए। तथापि गठबन्धनको भागबण्डाले उनले मुख्यमन्त्री बन्ने अवसर पाएनन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पहिलो प्रदेश अधिवेशनमा सभापतिका आकांक्षी रहेका उनी टिममा परेनन्। उनकै टिमबाट उम्मेदवार भएका गुरुराज घिमिरे २ मतले पराजित भए। हाल कोइराला प्रदेशसभा छाडेर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्ने तरखरमा छन्।

उनीसँगै नेपाल विद्यार्थी संघका पूर्व सभापति तथा केन्द्रीय सदस्य ढुंगानाको पनि तयारी छ। संस्थापन समूहका ढुंगाना र मेहताको बिचमा इतर समूहका कोइरालाले टिकट पाउनु चुनौतीको विषय हो। ढुंगाना इटहरीमा केन्द्रित रहेर लामो समयदेखि राजनीति गर्दै आएका युवा नेता हुन्। केन्द्रीय स्तरमा बलियो पहुँच भएका उनी पहिलो पटक जनप्रतिनिधि हुने तयारीमा छन्। पूर्व राज्यमन्त्री समेत भइसकेका मेहता संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य हुन्। मेहताले लामो समयदेखि अवसर पाएकाले अब उम्मेदवार परिवर्तन हुनुपर्ने आवाज बलियो बन्दै गएको छ। संसदीय भूमिका समेत कमजोर रहेको भन्दै उनको टिमबाटै मेहताको विकल्प खोज्नुपर्ने लबिङ सुरु भएको छ।

आफूले प्रदेशसभामा देखाएको भूमिकाबाट सिकेर प्रतिनिधिसभामा जनताको आवाज राख्ने कोइराला सुनाउँछन्। ‘संसद् भनेको जनताको आवाज बोल्ने ठाउँको हो। कुनै योजना ल्याउने र बाटो, पुल बनाउने ठाउँ हैन। विकासको काम अहिले संघीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका छन्। तर विकास जनमैत्री छ–छैन वा लोककल्याणकारी राज्य निर्माणमा कसैले ध्यान दिएको छ–छैन भनेर सांसदले कुरा उठाउने हो। म त्यसको लागि सक्षम उम्मेदवार हुँ,’ कोइरालाले भने।

सुनसरीका निर्विवाद नेता कोइराला दुई पटक जिल्ला सभापति भएर अब केन्द्रीय राजनीतिमा होमिने तयारीमा छन्।

प्रकाशित: Sep 08, 2022| 09:25 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।