मंगलबार, कात्तिक ६, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले समर्थित उद्योगी–व्यवसायीलाई लाग्यो चुनाव, प्रतिनिधिसभामा दुगड, प्रसाईंदेखि सरावगीसम्मको दाबी

Siddartha premir insuranceSiddartha premir insurance

एमाले समर्थित उद्योगी–व्यवसायीलाई लाग्यो चुनाव, प्रतिनिधिसभामा दुगड, प्रसाईंदेखि सरावगीसम्मको दाबी

आगामी ४ मंसिरमा हुने संघीय चुनावका लागि एमाले निकटका उद्योगी-व्यवसायीहरू आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म ‘लाइन’ मिलाउन लबिङमा लागेका छन्।
 |  बुधबार, भदौ २२, २०७९
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, भदौ २२, २०७९

काठमाडौं– सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव ४ मंसिरमा तोकेसँगै देशभर चुनावी सरगर्मी बढेको छ। नेकपा एमालेबाट उद्योगी व्यवसायी पनि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रने तयारी गरेका छन्। कतिपय उद्योगी व्यवसायीको नाम सिफारिस भइसकेको छ भने कतिपयको सिफारिस हुन बाँकी रहेको एमालेले जनाएको छ। 

triton college

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जिल्लाभरबाट कति उद्योगी व्यापारीको सिफारिस भएको भन्ने यकिन तथ्यांक पार्टी कार्यालयसम्म आइनपुगेको बताए। उनले भने, ‘प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि सिफारिस गर्ने समय बुधबार (२२ भदौ)सम्म भएकाले सबै जिल्लाबाट सिफारिस भएको नामावली पार्टी केन्द्रीय कार्यालय आइपुगेको छैन।’ 

कतिपय उद्योगी व्यवसायीहरू भने आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न लागिपरेका छन्। उनीहरू स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म लाइन मिलाउन लागिपरेका छन्। 

एमालेको प्रत्यक्षतर्फ चुनाव लड्न पूर्वउद्योगमन्त्री एवं प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार मोतीलाल दुगड, नेपाल उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष किशोर प्रधान, मार्सीका नामबाट चर्चित दुर्गाप्रसाद प्रसाईंदेखि काठमाडौ‌ं महानगरका मेयर बालेन्द्र शाहसँग आफ्नो भवन अल्फाबिटाको नक्सा मागेर विवादमा आएका द्विराज शर्मासम्मले रुचि देखाएका छन्।

पूर्वउद्योगमन्त्रीसमेत रहेका उद्योगी दुगड मोरङबाट प्रत्यक्ष चुनाव लड्ने पक्षमा छन्। उनी स्थानीय नेताहरूलाई केन्द्रमा आफ्नो नाम पठाउन आग्रह गर्दै विराटनगर गएर बुधबार काठमाडौं फर्किसकेका छन्।

Metro Mart
vianet

२०६४ मा सरिता गिरीले नेतृत्व गरेको सद्भावना पार्टीबाट दुगड सभासद भएका थिए। २०७० मा उनले आफ्नो राजनीतिक दल खोलेका थिए। पछि आफैंले खोलेको दललाई एमालेमा गाभेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दुगड तत्कालीन एमालेबाट समानुपातिकमा सांसद भएका थिए।

कतिपय उद्योगी व्यवसायीहरू भने आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न लागिपरेका छन्। उनीहरू स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म लाइन मिलाउन लागिपरेका छन्। 

उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत भएका थिए भने त्यसअघि उनी तत्कालीन प्रधानमन्त्री ओलीको पमुख आर्थिक सल्लाहकारसमेत नियुक्त भएका थिए। उनले दर्जनौं मारवाडी समुदायका व्यवसायीलाई एमालेमा प्रवेश गराएका थिए भने पार्टीलाई थापाथलीमा रहेको आफन्तको घर दिलाइदिएका थिए। 

अध्यक्ष ओली नजिकै रहेकाले पनि आफूले यसपालि प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्न टिकट पाउने सम्भावना रहेको निकटहरूसँग बताउँदै आएका छन्। तर उनले पार्टीले जुन ठाउँबाट उम्मेदवार बन भन्छ, सोही स्थानबाट आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने बताएका छन्। उनी एमालेको उद्योग विभाग प्रमुख पनि हुन्। 

एमाले उद्योग विभागकै उपप्रमुख व्यवसायी दुर्गा प्रसाईंले पनि चुनावमा प्रत्यक्षबाट मैदानमा उत्रिने तयारी थालिसकेका छन्। उनले झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका छन्। तर एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने भएपछि उनी समानुपातिकमा बस्नुपर्ने बाध्यता आउन सक्ने सम्भावना देखिएको छ।

यदि राप्रपा र एमालेले चुनावी तालमेल गरे झापाको क्षेत्र नम्बर ३ रराजेन्द्र लिङ्देनलाई दिनुपर्ने भएकाले पनि प्रसाइलाई समानुपातिकमा रहन पार्टी अध्यक्ष ओलीले आग्रह गर्न सक्नेछन्। 

तर प्रत्यक्ष वा समानुपातिक जताबाट भए पनि यसपालिको चुनावमार्फत प्रतिनिधिसभामा जाने अडान उनले पार्टीसमक्ष राखेका छन्। यसअघि उनी नेकपा माओवादीका कार्यकर्ता थिए। तर पछिल्लो समय एमालेमा आएका उनी पार्टी अध्यक्ष ओलीलाई हजुरबाका रूपमा सम्बोधन गर्छन्। उनको मेडिकल क्षेत्रमा लगानी रहेको छ। 

आगामी ४ मंसिरमा हुने संघीय चुनावका लागि एमाले निकटका उद्योगी-व्यवसायीहरू आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म ‘लाइन’ मिलाउन लबिङमा लागेका छन्। 

यदि झापाको क्षेत्र नम्बर ३ बाट उनी चुनावी मैदानमा उत्रिए जित हासिल गर्ने जिल्ला नेताहरू बताउँछन्। यसअघि पनि एमालेले झापा–३ मा राप्रपासँग तालमेल गरेर लिङ्देनलाई जिताएको थियो। लिङ्देनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले चुनाव हारेका थिए। त्यस्तै, सो क्षेत्रमा यसपालिको चुनावमा पनि राप्रपासँग तालमेल गर्ने पक्षमा एमाले छ। सोही कारण प्रसाईं समानुपातिकतर्फबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पर्ने सम्भावना देखिएको छ। 

त्यस्तै, अर्का उद्योगी किशोर प्रधान मोरङबाटबाट समानुपातिक सभासद्का लागि लबिङ गरिरहेका छन्। उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रधान २०७७ मा २३५ जना व्यवसायीसहित एमालेमा प्रवेश गरेका थिए। एमाले प्रवेश गरेपछि प्रधानले ओली नेतृत्वको सरकारमा नेपाल वायुसेवा निगममा सञ्चालक पद पाएका थिए। उनी पोल व्यवसायी संघका अध्यक्षसमेत हुन्। प्रधानले समानुपातिकबाट संघीय सांसद चयनका लागि आफूले लबिइङ गरिरहेको जानकारी दिए। उनले भने, ‘मेरो तर्फबाट कुरा राखेको छु। पार्टीबाट पनि कुरा आइरहेको छ। अन्तिम निर्णय पार्टीले नै गर्छ, हेरौं के हुन्छ?।’ उनी विराटनगरका व्यवसायी हुन् भने एमालेको उद्योग विभागका सदस्यसमेत हुन्।

यसैगरी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग आफूले सञ्चालन गरेको अल्फाविटाको नक्सा माग गरी विवादमा आएका अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीले पनि प्रतिनिधिसभामा लड्ने तयारी गरेका छन्। उनले काठमाडौं क्षेत्र–१ बाट चुनाव लड्न चाहेका छन्। उनको अल्फाबिटाको पार्किङ क्षेत्रमा अनधिकृत रूपमा बनेका भौतिक संरचना भत्काउन थालेपछि मेयर साहसँग चर्काचर्की परेको थियो। 

दुई दशक बढी शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जालगायत क्षेत्रमा विभिन्न व्यवसाय गरी बसेका उनी चर्चित झापा विद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्। सोही कारण एमाले अध्यक्ष ओलीसँग निकट सम्बन्ध रहेकाले पनि उनले टिकट पाउने आश गरेका हुन्। एमाले काठमाडौं क्षेत्र–१ ले द्विराज शर्मा शिवाकोटीसहित ५ जनालाई उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ। उनी पार्टीले टिकट दिए चुनाव लड्न तयार रहेको बताउँछन्। उनले आफ्नो राजनीति विरासत पनि रहेकाले राजनीतिमा आएर जनताको सेवा गर्न चाहेको बताए। 

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग आफूले सञ्चालन गरेको अल्फाविटाको नक्सा माग गरी विवादमा आएका अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीले पनि प्रतिनिधिसभामा लड्ने तयारी गरेका छन्।

झापा क्षेत्र–४ मा व्यवसायी लालप्रसाद (एलपी) साँवा लिम्बू सिफारिस भएका छन्। उनी हाल सोही क्षेत्रको प्रतिनिधि गर्दै प्रतिनिधिसभाका सदस्य छन्। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका उनी गत चैतमा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको सर्वसम्मत अध्यक्षसमेत चुनिएका थिए। २०७४ को निर्वाचनमा लिम्बूले कांग्रेसका देउकुमार थेवेलाई भारी मतले पराजित गरेका थिए। थेवेले २६ हजार ८२२ मत ल्याउँदा उनले ४३ हजार ५१५ ल्याएर जितेका थिए। उनी ग्लोबल अलाइन्स कन्सल्टेन्सी प्रालिका सञ्चालक पनि हुन्। उनले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेका छन्। 

दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका मनाङका अर्का व्यवसायी पाल्देन छोपाङ गुरुङ पनि प्रतिनिधिसभाका लागि जिल्लाबाट सिफारिस भएका छन्। हाल सांसद रहेका गुरुङले मनाङबाट २,३०० सय मत ल्याई विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङले २ हजार २१ मत ल्याएका थिए। उनले एमालेमा प्रवेश गरेको जम्मा ९ वर्ष मात्र पुगेको छ। २०७० को संविधानसभा निर्वाचनपछि एमाले प्रवेश गरेका पाल्देन चर्चित स्याउ उत्पादक व्यवसायी हुन्। 

त्यसैगरी एमाले निकटका व्यवसायी विजयी सरावगी पर्साको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् भने क्षेत्र नम्बर १ बाट बसरुद्दिन अन्सारीको रुचि देखाएका छन्।सरावगी वीरगञ्ज महानगरका पूर्वमेयर हुन् भने वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्। सरावगी गत स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका थिए। 

बसरुद्दिन मेडिकल व्यवसायी हुन्। नेसनल मेडिकल कलेज सञ्चालक उनी अघिल्लो महानगरको निर्वाचनमा पराजित भएका थिए। 

प्रकाशित: Sep 07, 2022| 14:15 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...