NadaNada
बिहीबार, भदौ ५, २०८२

आजको राशिफल [२०७९ भदौ २२]

आज २०७९ भदौ २२ गते तदनुसार ७ सेप्टेम्बर २०२२ बुधबार। आज भदौ शुक्ल द्वादशी तिथि हो।
 |  बुधबार, भदौ २२, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, भदौ २२, २०७९

vianetvianet

आज २०७९ भदौ २२ गते तदनुसार ७ सेप्टेम्बर २०२२ बुधबार। आज भदौ शुक्ल द्वादशी तिथि हो।

मेष
आज नयाँ जिम्मेवारी पाइएला। घरमा अतिथिको आगमन हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

वृष
आज कार्यमा बाधा आउनेछ। सरकारी निकायको भय रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

मिथुन
आज मन मिल्ने साथीको सहयोग मिल्नेछ। जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

कर्कट
कीर्तिमानी काम गर्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

Metro Mart

सिंह
शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।

कन्या
अनावश्यक यात्रा हुनेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

तुला
आज रमणीय र सुखद् यात्राको योग छ। बुद्धि र विवेकको प्रयोग गर्न सकिने समय छ। वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ।

वृश्चिक
आज नयाँ कार्यको योजना बन्नेछ। प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ। नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ।

धनु
स्वादिष्ट भोजन पनि मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। कामका विभिन्न अवसर फेला पर्ने छन्।

मकर
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ।

कुम्भ
पुरानो समस्या सुल्झाउन सकिनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् , तर शेयर बजार र ठेक्का पट्टाको काममा भने नोक्सानी हुन सक्छ।

 

मीन
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।

प्रकाशित: Sep 07, 2022| 07:07 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।