बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु

यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु

दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले सिन्ह्वालाई बताएको छ।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

यमन-  दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले सिन्ह्वालाई बताएको छ।

 अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीहरूले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको  स्थानीय सैन्य स्रोतले बताएको छ। 

उक्त घटनामा अन्य थुप्रै सैनिकहरू पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। स्रोतका अनुसार आक्रमणको करिब एक घण्टापछि स्थानीय सुरक्षा फौजले उक्त क्षेत्रमा आतङ्कारीहरूलाई नष्ट गर्न क्लियरेन्स अपरेशन सुरु गरेको थियो।

नवगठित राष्ट्रपति नेतृत्व काउन्सिलले तेलको प्रचुरता रहेको प्रान्त शाब्वा र अन्य छिमेकी क्षेत्रहरूमा सेना तैनाथ गर्न थालेपछि यमनमा दक्षिणी सुरक्षा बलहरूमा आतङ्कवादी हमलाहरूको सङ्ख्या बढ्न थाल्यो।

पीएलसीले आतङ्कवाद, हुथी विद्रोही र मुस्लिम ब्रदरहुड–सम्बद्ध इस्लाह पार्टी द्वारा हालैको विद्रोहको कारणले गर्दा कठिन राजनीतिक र सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ। गत महिना यमनमा भर्खरै भर्ना गरिएका दक्षिणी सेनाहरूले अशान्त प्रान्त अब्यानमा “एरोज अफ द ईस्ट“ नामक एउटा ठूलो आतङ्क विरोधी अभियान सुरु गरेका छन्।

kumari

प्रकाशित: Sep 07, 2022| 00:10 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।