बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गाई नपाएपछि आक्रोशित कमल थापाले भने- देशी-विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र भयो

गाई नपाएपछि आक्रोशित कमल थापाले भने- देशी-विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र भयो

सर्वोच्च अदालतले भने मंगलबार उनको पार्टीलाई 'गाई' चुनाव चिह्न दिन नमिल्‍ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको हो। यसअघि निर्वाचन आयोगले 'गाई' राष्ट्रिय जनावर भएका कारण चुनाव चह्‍न दिन नमिल्‍ने निर्णय गरेको थियो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्न 'गाई' नपाएपछि आक्रोशित भएका छन्। उनले सामाजिक सञ्‍जाल ट्विटरमार्फत आक्रोश व्यक्त गरेका हुन्। 

सर्वोच्च अदालतले भने मंगलबार उनको पार्टीलाई 'गाई' चुनाव चिह्न दिन नमिल्‍ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको हो। यसअघि निर्वाचन आयोगले 'गाई' राष्ट्रिय जनावर भएका कारण चुनाव चह्‍न दिन नमिल्‍ने निर्णय गरेको थियो। 

उक्त निर्णयविरुद्ध थापा सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले थापाको विपक्षमा फैसला गरेपछि सर्वोच्चले आफ्‍नै दुई अन्तरिम आदेश उल्टाउने काम गरेको टिप्पणी गरेका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम मा.कुमार रेग्मी र मा.तिलप्रसादको ईजलासले गर्‍यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ। ओठें जवाफ दिन सकिएला,तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ।

निर्यावचन आयोगको निर्णय र अदालतको फैसलाप्रति टिप्पणी गर्दै उनले थपेका छन्, 'झण्डामा गाई राख्‍न पाइने चुनाव चिह्न बनाउन नपाउने! निर्वाचन आयोग र अदालतको वाह! क्या गजबको निर्णय र न्याय! अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ- कुन कानुनले गाई चिह्‍न नपाउने लेखेको छ? दलले आफ्नो चिन्ह रोज्न/परिवर्तन गर्न कुन कानुनले रोकेको छ? देखाउनु होस्। जनताले पनि हेरोस्,बुझोस्।' 

अदालतको फैसला मान्‍नुपर्ने बाध्यता भएकोले मान्‍ने उल्लेख गर्दै उनले थपेका छन्, 'देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्‍न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भइरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गतकै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय। तर, हामी हतोत्साहित वा विचलित भएका छैनौं। अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ। भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ।'


प्रकाशित: Sep 06, 2022| 20:20 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...