आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतको न्यायाधीशमा ल क्याम्पसका प्रमुखसहित ३ जना सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा ल क्याम्पसका प्रमुखसहित ३ जना सिफारिस

न्यायपरिषद्‌को मंगलबार बसेको बैठकले दुई जना उच्च अदालतका न्यायाधीश र एक जना ल क्याम्पसका प्रमुखलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- न्यायपरिषद्‌ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। न्यायपरिषद्‌को मंगलबार बसेको बैठकले दुई जना उच्च अदालतका न्यायाधीश र एक जना ल क्याम्पसका प्रमुखलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो। 

National life

उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दिक्षित र न्यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो। 

यस्तै नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र मीरा खड्काले अवकाश पाएका छन्।

त्यसैगरी हालका कामु प्रधानन्यायाधीश दिपक कार्की असोजमा अवकाश हुँदैछन्। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि मंसिरमा अनिवार्य अवकाश हुनेछन्।

यससँगै चार न्यायाधीशको पद रिक्त हुने भएको छ। सिफारिस भएका तीन न्यायाधीशको अब संसदीय सुनुवाई पछि नियुक्ति हुने भएको छ। 

प्रकाशित: Sep 06, 2022| 18:42 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।