आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरिफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरिफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्। 

National life

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति भण्डारीले दुबै सदको बैठकबाट पारित भइ प्रमाणीकरणकाका लागि पेश भएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गर्नुभएको छ।' 

यो विधेयक २०७६ जेठ ५ गते संघीय संसद् सचिवालयमा दर्ता भएको थियो। त्यसैगरी २०७६ असार २२ गते प्रतिनिधि सभामा प्रस्तुत गरिएको विधेयक २०७६ साउन २२ मा सामान्य छलफलपछि संसदीय समितिमा पठाइएको थियो। समितिले छलफलपछि सुझावसहित २०७७ असार ४ गते संघीय ससद्‌मा पठाएको थियो। 

प्रकाशित: Sep 06, 2022| 18:04 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।