आइतबार, जेठ ३१, २०८३

दशरथ रंगशालामा ‘दसैं फेस्ट’ हुने

हिन्दूहरुको महान चाड बडा दसैँको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुने भएको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- हिन्दूहरुको महान चाड बडा दसैँको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुने भएको छ।

National life

यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ।

२० हजार भन्दा बढी दर्शकको अपेक्षा गरिएको यो साङ्गीतिक महोत्सव, यस दशककै भव्य हुने लक्ष राखिएको छ। यस महोत्सवले सहरी युवा वर्गमा बडा दसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दीने, बर्षौ देखी थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ।

साथै दसैँ महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रीसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेस लगायतका पुरस्कारहरू पाउनेछन्। विगत २० वर्ष देखी काठमाण्डौं लगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सव लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा यो साङ्गीतिक महोत्सवको आयोजना गर्न लागेका हुन्।


प्रकाशित: Sep 06, 2022| 17:10 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।