बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफूले गरेका कामबारे सामाजिक सञ्जालमा खोजिएपछि स्वर्णिम वाग्लेले दिए ३५ बुँदे उत्तर

आफूले गरेका कामबारे सामाजिक सञ्जालमा खोजिएपछि स्वर्णिम वाग्लेले दिए ३५ बुँदे उत्तर

वाग्लेलाई कांग्रेसले उम्मेदवारको सिफारिस गरेसँगै उनका बारे सामाजिक सञ्जालमा ‘ए वाग्ले, तैंले चाहिँ के गरिस् नि’ भन्ने प्रश्न सोधिएका छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– नेपाली कांग्रेसले अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलाई प्रतिनिधिसभाको चुनाव लड्न चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवारको सिफारिस गरेको छ।

वाग्लेलाई कांग्रेसले उम्मेदवारको सिफारिस गरेसँगै उनका बारे सामाजिक सञ्जालमा ‘ए वाग्ले, तैंले चाहिँ के गरिस् नि’ भन्ने प्रश्न सोधिएका छन्। वाग्लेले सामाजिक सञ्जालबाट आएका प्रश्नहरुको ३५ बुँदे उत्तर दिएका हुन्।

वाग्ले आउँदो ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी बनेसँगै उनका विषयमा सामाजिक सञ्जालमा फरक–फरक खाले टिप्पणी आइरहेका छन्। कतिपयले उनीमाथि पर्याप्त अवसर पाउँदा पनि मुलुकको हितका लागि केही गर्न नसकेको भनेर आलोचनात्मक टिप्पणी गरेका छन्। उनी युएनडीपीको जागिर छाडेर कांग्रेस राजनीतिमा होमिएका हुन्।

आफूलाई योजना आयोगको उपाध्यक्ष हुँदा के–के काम गरियो भनेर प्रश्न सोधिएको भन्दै उनले सामाजिक सञ्जालबाटै ३८ बुँदामा रहेर जवाफ दिएका छन्। ‘ए वाग्ले, तंैले चाहिँ के गरिस् नि’ भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले ३८ वटा काम गरेको जवाफ फर्काएका छन्। 

उनले आफू चुनावी सरकारका बेला चार महिना र पछि दुई महिना मात्रै आयोगको उपाध्यक्ष हुँदा पनि ३८ वटा सफल काम गरेको दाबी प्रस्तुत गरेका छन्। २०७२ भूकम्पपछि विश्वसनीय क्षतिको आकलन, ४ सय अर्बको प्रतिबद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकामा विशेष गर्व रहेको उनले बताएका छन्। 

प्रकाशित: Sep 06, 2022| 13:02 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...