बिहीबार, असार ३२, २०८३

रोनाल्डो बने युरोपको उत्कृष्ट फरवार्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–पोर्चुगलका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फरवार्ड घोषित भएका छन् । रोनाल्डोले बार्सिलोनाका लिओनेल मेसी र लिभरपुलका मोहमद सलाहलाई पछाडी पार्दै उपाधि जितेका हुन ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै गोलको मदतले रियल च्याम्पियन बन्न सफल भएको थियो । रोनाल्डोले गत सिजन रियलको लागि ४४ खेलमा ४४ गोल अग्रेका थिए । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

च्याम्पियन्स लिगमा रोनाल्डोले गत सिजन १३ खेलमा सहभागिता जनाए । त्यसक्रममा १ हजार १ सय ७० मिनेट मैदानमा बिताएका रोनाल्डोले १५ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे । उनले तीन असिस्ट पनि दिएका थिए । उनले हालसम्म पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।

रोनाल्डोले उत्कृष्ट फरवार्डको लागि भएको मतदानमा २ सय ८७ अंक हासिल गरे । दोस्रो स्थानको मोहमद सलाहले २ सय १८ अंक जोड्दै प्रतिस्पर्धा दिएका थिए ।

तेस्रो स्थानका लिओनेल मेसीले ४३ अंक मात्र जोड्न सके । चौथो स्थान प्राप्त गरेका किलियन एमबाप्पेले १७ अंक हासिल गरे । पाँचौ स्थानमा रहेका एडिन जेको र ह्यारी केन १५-१५ अंक जोडेका थिए ।

मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।