आइतबार, जेठ ३१, २०८३

कांग्रेसलाई ८० र हामीलाई ६० सिटसम्म कुरा मिलाउँछौं : प्रचण्ड

सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने प्रचण्डको दाबी।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार नै टुंगो लाग्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दललाई बाँकी सिटमा भागबन्डा मिलाइने बताए।

National life

‘१०० सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं। त्यसैको वरिपरि सहमति उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ उनले भने।

सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उनले सुनाए। आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनको भनाइ छ। 

निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलुकलाई नयाँ गतिमा अघि बढाउने दाबी प्रचण्डले गरे। सिट बाँडफाँटका लागि बनेको कार्यदलले मंगलबार रातीसम्म प्रतिवेदन बुझाउने भनिए पनि सहमति हुन सकेन।

प्रकाशित: Sep 06, 2022| 10:58 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...