बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • घनश्याम भुसालको ग्राउन्ड रियालिटीः टिकटका लागि आफ्नै बन्न सक्छन् बाधक

घनश्याम भुसालको ग्राउन्ड रियालिटीः टिकटका लागि आफ्नै बन्न सक्छन् बाधक

संसदीय राजनीति र नेकपा विभाजनका विषयमा अध्यक्ष ओलीसँग फरक मत राखेकै कारण पनि भुसाल यो पटक उम्मेदवार हुनबाट बञ्चित हुनसक्ने उनी निकट नेताहरु बताउँछन्।
 |  मंगलबार, भदौ २१, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, भदौ २१, २०७९

बुटवल- रुपन्देही जिल्ला नेकपा एमालेका शीर्ष नेताहरुको वर्चश्व रहेको जिल्ला हो। एमालेका उपाध्यक्ष विष्णुु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्युरो सदस्य लिला गिरी, पोलिटब्युरो सदस्य खिमलाल भट्टराई यहाँ छन्। केन्द्रीय सदस्य र प्रदेश तहका दर्जनौं नेता यहीँका छन्। 

triton college

यी नेतामध्ये २०७४ सालको निर्वाचनबाट पौडेल, विश्वकर्मा, भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। गिरी प्रदेशसभा सदस्य र भट्टराई राष्ट्रियसभा सदस्य हुन्। यी सबै नेताहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका आकांक्षी छन्। तर, सबै नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रबाट एकल रुपमा सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्बर ३ बाट भने स्थायी कमिटी सदस्य घनश्याम भुसाल सर्वसम्मत हुन सकेनन्। 

०७४ सालको निर्वाचनमा राप्रपाका दीपक बोहोरालाई हराएका भुसाललाई क्षेत्रीय कमिटीले सर्वसम्मत सिफारिस गरेन। भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्व मेयर वासुदेव घिमिरे, दुर्गा भुसाल र यज्ञजित शाह सिफारिस भएका छन्।

नेकपा एमालेमा फरक विचार राख्दै आएका भुसाल आफ्नो निर्वाचन क्षेत्रबाट एकल रुपमा सिफारिस नभएपछि पार्टीभित्रैबाट टिकट नदिने चलखेल भएको चर्चा सुरु भएको छ। अध्यक्ष केपी ओलीका कट्टर आलोचक मानिने भुसाल आइतबार निर्वाचन क्षेत्रको सिफारिस गर्ने निर्णय हुँदै गर्दा काठमाडौंमा संसद् विघटन गर्नु गलत भएको बताइरहेका थिए। मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको समाजवादको नेपाली मार्गचित्र विषयक विचार गोष्ठीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एकै मञ्चमा थिए उनी। 

संसदीय राजनीति र नेकपा विभाजनका विषयमा अध्यक्ष ओलीसँग फरक मत राखेकै कारण पनि भुसाल यो पटक उम्मेदवार हुनबाट बञ्चित हुनसक्ने उनी निकट नेताहरु बताउँछन्।

वामपन्थी शक्तिहरुबीच एकता गर्नुपर्ने तर्क गर्दै कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताउने भुसालले यो पटक आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवारको टिकट नपाउन सक्ने चर्चा छ। केन्द्रीय कमिटी बैठकमा समेत एमालेले संसद् विघटन गर्ने काम गरेर ठूूलो गल्ती गरेको भन्दै क्षमा सप्ताह चलाउन प्रस्ताव गरेका भुसाललाई केपी ओली समूूहले पार्टी विपरीत उभिने नेताका रुपमा चित्रित गर्छ। संसदीय राजनीति र नेकपा विभाजनका विषयमा अध्यक्ष ओलीसँग फरक मत राखेकै कारण पनि भुसाल यो पटक उम्मेदवार हुनबाट बञ्चित हुनसक्ने उनी निकट नेताहरु बताउँछन्।

corrent noodles
Metro Mart

‘घनश्याम भुसाल आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत हुनुह भएन भन्ने भ्रम फैलाउने उद्देश्यले ४ जनाको नाम सिफारिस गरिएको छ,’ संसदीय सम्पर्क कार्यालय क्षेत्र नं. ३ का प्रमुख एवं भुसालका पूूर्व स्वकीय सचिव मनोज रिजालले भने। उनले अहिले उम्मेदवार हुन नचाहेको भन्दै हल्ला फैलाउने काम भइरहेको समेत बताए। उनका अनुसार भुसाल मंसिर ४ को निर्वाचनको तयारीमा जुटिसकेका छन्।

ghanashyamत्यसो त भुसाल चुनावी गतिविधिमा संलग्न भने भएका छैनन्। कार्यकर्तासँग भेटघाट गर्ने काममा इच्छुुक देखिएका छैनन्। बौद्धिक बहसहरुमा रुची देखाए पनि पार्टी निर्माणमा भुसालको सक्रियता नदेखिएको विश्लेषक ऋषि आजाद बताउँछन्। ‘भुसालको बौद्धिकताको आवश्यकता छ,’ उनले भने, ‘केपी ओलीले नजिकबाट घनश्यामलाई माया गरेको पनि देखिँदैन।’ 

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुु पौडेल, १ बाट सचिव छविलाल विश्वकर्मा, ५ बाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई एकल सिफारिस भएका छन् प्रतिनिधिसभाका लागि। क्षेत्र नम्बर ३ बाट घनश्याम भुुसाललाई सर्वसम्मत नबनाएपछि क्षेत्र नम्बर १ मा पनि भुसालको प्रस्ताव नेताहरुले गरेको एक नेताले बताए। तर, पार्टी सचिव विश्वकर्माले आफ्नोमात्रै नाम सिफारिस गर्न दबाब दिएपछि एकल निर्णय भएको ती नेताले बताए।

नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले भने क्षेत्रबाट आएका सिफारिस नै टिकट नभएको बताउँदै जिल्ला कमिटीले आएका सिफारिसलाई एकल रुपमा पनि निर्णय गरेर प्रदेश पठाउन सक्ने बताए। उनले जिल्ला कमिटीको बैठकमा छलफल भइरहेको र निर्णय भइनसकेको बताए। 

एमाले–राप्रपा गठबन्धन पनि बाधक बन्न सक्छ 
पाँच दलीय गठबन्धन सिट बाँडफाँड टुंग्याउने कसरतमा लागेपछि नेकपा एमालेले पनि राप्रपासँग चुनावी तालमेलको तयारी गरेको छ। देशभर एमाले–राप्रपा तालमेल भए पूर्वमन्त्री एवं राप्रपाका प्रभावशाली नेता दीपक बोहोराको व्यवस्थापन अनिवार्य जस्तै छ। यसअघि २०७४ सालमा बोहरा कांग्रेसँगको गठबन्धनबाट एमालेका घनश्याम भुसालसँग लडेका थिए। तर, एमालेसँग तालमेल हुँदा आफैंसँग पराजित बोहोरालाई भुसालले सिट छाडन छाड्नुुपर्ने हुनसक्ने नेताहरु बताउँछन्।

त्यसो त राप्रपाले एमालेसँग तालमेल हुँदा प्रतिनिधिसभामा दीपक बोहराको दावी हुने राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीप उदयले बताए। ‘हामीले प्रतिनिसधाका लागि बोहराजीलाई ३ र १ बाट सिफारिस गरेका छौं,’ उनले भने, ‘तालमेल हुँदा के हुन्छ थाहा छैन तर हाम्रो प्राथमिकता १ मा छ।’ 

नेता उदयले राप्रपाको रोजाइ निर्वाचन क्षेत्र नम्बर १ रहे पनि एमालेका सचिव एवं ०७४ सालको निर्वाचनमा विजयी छविलाल विश्वकर्माले नछोड्ने अडान लिएका छन्। पछिल्लो समय केपी शर्मा ओलीका निकट रहेका विश्वकर्माले महासचिव शंकर पोखरेलसँग पनि उत्तिकै राम्रो सम्बन्ध कायम गरेकाले उनले टिकट पाउने एमालेका एक जिल्ला सदस्यले बताए। ‘तुलनात्मक रुपमा छविलाल कमरेडले दाबी गर्दासम्म १ राप्रपालाई दिने अवस्था हुँदैन,’ उनले भने, ‘बरु घनश्याम भुसालले यो पटक टिकट नपाउने सम्भावना छ।’ उनका अनुसार एमाले– राप्रपा तालमेल हुँदा क्षेत्र नम्बर ३ दीपक बोहोरालाई दिनसक्ने देखिएको हो। 

रुपन्देहीको क्षेत्र नम्बर ३ मा गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण उठ्ने पक्कापक्की जस्तै छ। प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका गृहमन्त्री खाण रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएका छन्। तर, खाणले ३ बाटै निर्वाचन लड्ने गरी तयारी गरिसकेका छन्।

त्यसो त यो पटक भुसालको निर्वाचन क्षेत्रमा तिलोत्तमाका निवर्तमान मेयर वासुदेव घिमिरेले टिकटका लागि तिब्र लबिङ थालेका छन्। कुनै बेला भुसाल निकट रहेका घिमिरे संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमपछि भने उपाध्यक्ष विष्णु पौडेल निकट भएका छन्। घिमिरे आर्थिक रुपमा सम्पन्न भएकाले गृहमन्त्रीसँग चुनाव लड्न आफू तयार रहेको बताउने गरेका छन्। यद्यपि राजनीतिक नेताहरुले भने घिमिरे प्रतिनिधिसभामा उठाउन लायक नरहेको बताउने गरेका छन्। 

रुपन्देहीको क्षेत्र नम्बर ३ मा गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण उठ्ने पक्कापक्की जस्तै छ। प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका गृहमन्त्री खाण रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएका छन्। तर, खाणले ३ बाटै निर्वाचन लड्ने गरी तयारी गरिसकेका छन्। गृहमन्त्री खाण र राप्रपा नेता बोहोराबीच चुनावी भिडन्त नभएको विगतको इतिहास पनि छ। २०७४ सालमा वाम गठबन्धन हुँदा खाण उक्त क्षेत्र दीपक बोहोरालाई छाडेर समानुपातिकमा बसेका थिए। त्यसैले बोहोराको रोजाइ निर्वाचन क्षेत्र नम्बर १ रहने गरेको हो। तर, १ मा विश्वकर्माले कुनै हालतमा नछाड्ने अडान र एमाले कार्यकर्ताको समेत दबाब भएकाले बोहोराले ३ नै रोज्नुपर्ने हुनसक्ने देखिन्छ। 

गएको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुको मतअनुसार रुपन्देही–३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो। त्यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवावदीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका छन। यो निर्वाचनमा सत्ता गठबन्धनको मत ४४ हजार १९४ हुन आउँछ। 

एमाले र राप्रपाको मत योगफल ४२ हजार ४४५ छ। स्थानीय तहको वडाध्यक्षहरुको मत जोड्दा गठबन्धन अगाडि देखिएको छ। रूपन्देही–१ मा पनि गठबन्धन केहि मतले अगाडि देखिन्छ। तर यहाँ पनि राप्रपाको मत एमालेका लागि सहयोगी छ।

सत्ता गठबन्धनको कुल मत ४५ हजार १३९ हुन्छ भने एमाले र राप्रपाको मत योगफल ४४ हजार ९४६ हुन आउँछ। क्षेत्र नम्बर १ मा वडाध्यक्षहरुले पाएको मत अनुसार कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, र नेकपा एसले १२४३ मत पाएका छन्। लोसपाको मत ३२५ छ।

प्रकाशित: Sep 06, 2022| 08:58 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...