बिहीबार, साउन २१, २०८३

म्याग्दीमा एमालेबाट को-को भए उम्मेदवार सिफारिस?

सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

म्याग्दी- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा  प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ। सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। 

उनी एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुन्। बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपीअधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिए। 

प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस गरिएको जनाइएको छ।

प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा तत्कालीन संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकालाई सिफारिस गरिएको पार्टीले जनाएको छ।

समानुपातिकतर्फ  (क) मा विष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्वुजा, र सिवानी ल्वागनले र (ख) मा खरमाया विटालु, सिर्जना केसी र सिता गुरुङ सिफारिस भएका छन्।   -रासस

प्रकाशित: Sep 06, 2022| 08:13 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...