आइतबार, जेठ ३१, २०८३

फेरि राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ। सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौ– नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ। सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो।

National life

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट हुबहु पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन्।

राष्ट्रपति भण्डारीले २९ साउनमा नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। त्यसको दुई दिनपछि नै सत्तारुढ गठबन्धनले नागरिकता विधेयक हुबहु पास गर्ने निर्णय गरेको थियो। २ भदौमा एकदिन छलफल गरेर प्रतिनिधिसभाले विधेयक हुबहु पास गरेको थियो।

त्यसपछि राष्ट्रियसभामा पुगेको विधेयक राष्ट्रियसभाले विधायन समितिमा पठाएको थियो। तर समितिमा पनि कुनै संशोधन भएन। राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसद्बाट जस्ताको तस्तै वा संशोधनसहित पारित गर्न सक्छ।

संविधानको धारा ११३ को उपधारा ४ मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ।’ जसअनुसार यो विधेयकलाई अब राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ।

Shivam cement

प्रकाशित: Sep 05, 2022| 22:30 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...