बिहीबार, साउन २१, २०८३

रुपन्देही-२ मा माओवादीबाट पहाडी सिफारिस

जिल्ला अध्यक्ष नारायण जीसी ‘निर्मल’ ले पहाडीलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार क्षेत्रीय कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

बुटवल- नेकपा माओवादी केन्द्रले रुपन्देही-२ मा विनोद पहाडीलाई टिकट दिन सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्र रुपन्देही-२ कमिटीको आइतबार बुटवलमा बसेको बैठकले प्रतिनिधि सभामा पहाडीलाई सिफारिस गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको हो। 

जिल्ला अध्यक्ष नारायण जीसी ‘निर्मल’ ले पहाडीलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार क्षेत्रीय कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो। 

प्रदेशसभातर्फ रुपन्देही-२ 'ख'मा वामदेव क्षेत्री, जिल्ला अध्यक्ष निर्मल जीसी सिफारिस भएका छन्। रुपन्देही-२ 'ख'मा पुष्पराज ढकाल, मनोज राना, हुमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

हालका गृहमन्त्री बाकृष्ण खाण पनि यही क्षेत्रमा सिफारिस भएका छन्। यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि यही क्षेत्रमा सिफारिस भएका छन्। 

प्रकाशित: Sep 05, 2022| 19:50 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...