आइतबार, जेठ ३१, २०८३

कर्मचारी सरुवा-बढुवा रोक्न सरकारलाई आयोगको निर्देशन

सरकारले आज (सोमबार)देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवासम्बन्धी कुनै पनि काम गर्न नपाउने भएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले आज (सोमबार)देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवासम्बन्धी कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न नपाउने भएको हो। 

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिनअघि नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। कुनै पनि ठाउँमा स्विकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारलाई १८ दिनको समय दिइएको उनले स्पष्ट पारे।

निर्वाचन आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ। कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए। निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ। आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ।


प्रकाशित: Sep 05, 2022| 18:09 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...