शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ यू–१७ च्याम्पियनसिप: पहिलो पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा नेपाली टोली

साफ यू–१७ च्याम्पियनसिप: पहिलो पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा नेपाली टोली

सन् २०११ बाट सुरु भएको साफ यू–१७ पछिल्लो संस्करणसम्म आइपुग्दा ६ पटक आयोजना भइसकेको छ। ६ संस्करणमा तीन पटक फाइनल खेले पनि नेपाल उपाधिविहीन छ।
 |  सोमबार, भदौ २०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, भदौ २०, २०७९

काठमाडौं– श्रीलंकाको कोलम्बोमा सोमबारबाट साफ यू–१७ सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’को भारतले भुटानसँग खेल्दै छ। त्यस्तै, दोस्रो खेलमा समूह ‘ए’को बंगलादेश र आयोजक श्रीलंका भिड्दैछन्। प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालसँगै समूहमा बलिया टोली भारत र भुटान रहेका छन्। नेपालले पहिलो खेल २२ भदौमा भुटानविरुद्ध खेल्नेछ। दोस्रो खेल भारतसँग २४ भदौमा खेल्नेछ। 

triton college

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। २७ भदौमा सेमिफाइनल तथा २९ भदौमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका सबै खेल रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुनेछन्।

उपाधि जित्नेमा विश्वस्त नेपाली प्रशिक्षक र कप्तान
प्रतियोगिता खेल्न श्रीलंका पुगिसकेको नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले उपाधि लिएरै फर्किने बताएका छन्। पत्रकार सम्मेलनमा कुरा गर्दै उनले नेपाली टिमको तयारी राम्रो भइरहेको बताए। उनले भने, ‘हाम्रो टिमको तयारी एकदम राम्रो भइरहेको छ। नेपालमा हामीले करिब एक, डेढ महिना ट्रेनिङ गरेका छौं। यहाँ आएर पनि हामीले श्रीलंकासँग दुई, तीन दिन ट्रेनिङ गर्न पायौं। यस्ले गर्दा हामीले श्रीलंकाली  मैदानको पनि केही अनुभव लिन पायौं। सोही कारण हामीलाई यो मैदानमा खेल्न  केही सहज हुनेछ।’ʼ  

जुनियर टिम भएका कारण अन्य टिमको प्रदर्शनबारे जानकारी नभए पनि सबै टोली उस्तै रहेको उनले बताए। ‘प्रतियोगितामा सबै जुनियर टिम रहेका कारण कुन टोली कस्तो छ, त्यो हामी कसैलाई पनि थाहा छैन। मलाई लाग्छ, सहभागी टिम राम्रा छन्। भारत पनि सदाझैं राम्रो छ। सबैले मिहिनेत गरिरहेका छन्। हामीले पनि उपाधिमा केन्द्रित भएर अभ्यास गरिरहेका छौं।’

नेपालले उपाधि लिएरै फर्किने लक्ष्य रहेको क्षेष्ठले बताए। ‘हाम्रो लक्ष्य उपाधि जितेरै जाने हो किनकि यसअघि हामी उपविजेतामै सीमित भएका छौं। यसले गर्दा हामीलाई पहिलो पटक उपाधि जित्ने मौका छ। त्यहीअनुसार राम्रो टिम पनि छ। त्यहीअनुसारको ट्रेनिङ पनि भइरहेको छ। हामीले खेलाडी राम्रा पाएका छौं। यसपटक उपाधि जित्नेछौं।’ 

corrent noodles
Metro Mart

त्यस्तै, कप्तान प्रशान्त लक्षामले टिमको सबैभन्दा बलियो पक्ष एकता रहेको र सबैले उपाधिमा केन्द्रित भएर अभ्यास गरिरहेको बताए। ‘टिमको तयारी राम्रो भइरहेको छ। हामी टिमप्रति सन्तुष्ट छौं। हाम्रो टिमको सबैभन्दा बलियो पक्ष भनेको एकतै हो। हामी एकताका साथ अभ्यास गरिरहेका छौं। यही एकताले गर्दा राम्रो नतिजा ल्याउन सक्छौं। हाम्रो मुख्य लक्ष्य भनेकै उपाधि जित्नु हो।’

कप्तान लक्षाम भारत अन्य टोलीको तुलनामा केही बलियो रहेको र आफ्नो मुख्य प्रतिस्पर्धी पनि उनै रहेको ठान्छन्। 

साफ यू–१७ मा नेपालको विगत
सन् २०११ बाट सुरु भएको साफ यू–१७ अहिलेको संस्करणसम्म आइपुग्दा ६ पटक आयोजना भइसकेको छ। यीमध्ये चार वटा प्रतियोगिता नेपालले आयोजना गरिसकेको छ। ६ वटा संस्करणमा तीन पटक फाइनल खेले पनि नेपाल उपाधिविहीन छ। नेपालका लागि अन्य उमेर समूहमा झैं यू–१७ मा पनि भारत नै बाधा बन्दै आएको छ। नेपालले खेलेका तीन वटै फाइनल खेलमा भारतसँग पराजित भएको छ।

उपाधिविहीन नेपाललाई अनुभवी खेलाडीका साथ पहिलो पटक उपाधि जितेर इतिहास रच्ने मौका रहेको एन्फाका महासचिव किरण राईले बताए। खेलाडी बिदाइ गर्ने क्रममा बोल्दै उनले भने, ‘नेपालले अहिले सम्म यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन। अहिलेको यो टिमलाई एउटा नयाँ इतिहास रच्ने मौका  छ। टिममा केही अनुभवी खेलाडी पनि छन्। त्यसले गर्दा यो टिमले उपाधि जित्छ भन्ने आश छ।’

नेपाली खेलाडी छनोट 

साफ यू–१७ तयारीका लागि नेपाली टोलीले करिब तीन महिना अघिदेखि तयारी थालेको थियो। यू–२० राष्ट्रिय टोलीको खुला छनोट भएझैं यू–१७ टोलीको खेलाडी छनोट पनि खुलाबाटै गरिएको थियो। छनोटका लागि देशैभरिबाट करिब १,७०० खेलाडी उपस्थित थिए। करिब १५ दिने अवधिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो चरणमा ६० जना खेलाडी छनोट गर्यो। युवा टोलीका प्रशिक्षक उर्जन क्षेष्ठले बन्द प्रशिक्षणका लागि ६० जना खेलाडीबाट ४५ खेलाडीलाई छनोट गरे। बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी टोलीबाट बाहिरिएर ३० जना खेलाडी अर्को चरणका लागि छनोट भए। त्यसपछि प्रशिक्षक क्षेष्ठले सात खेलाडीलाई टोली बाहिर गर्दै २३ खेलाडीलाई अन्तिम टिम घोषणा गरे।

नेपाली टिममा केही खेलाडी एकेडेमीमा त कोही ‘बी’ डिभिजनमा खेलेका खेलाडी पनि छन्। साथै, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजमा खेल्ने प्रशान्त लक्षामले टिमको नेतृत्व गरिरहेका छन्। नेपाली युवा टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ, जसले गर्दा नेपाली टोली केही बलियो रहेको अनुमान गर्न सकिन्छ।

नेपाली टिम
गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुविन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिष मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

प्रकाशित: Sep 05, 2022| 17:38 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।