आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्छ, नभए अदालत जान्छौं : प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्छ, नभए अदालत जान्छौं : प्रचण्ड

संविधानतः राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले दोस्रोपल्ट प्रमाणीकरण गर्नैपर्ने अध्यक्ष प्रचण्डको तर्क।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपल्ट राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बताएका छन्।

National life

सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यको बैठक सहभागी हुन आएका प्रचण्डले संविधानतः राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले दोस्रोपल्ट प्रमाणीकरण गर्नैपर्ने दाबी गरे।

उनले राष्ट्रपति भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरे अदालत जाने चुनौती दिए। प्रचण्डले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ। उहाँले पारित गर्नुपर्ने हुन्छ। तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन।’

अध्यक्ष प्रचण्डले मुलुक निर्वाचनको तयारीमा रहेकाले गठबन्धनले प्रतिनिधिसभातर्फ सिट संख्या टुंग्याइसकेको दाबी गरे। मधेस प्रदेशमा  पार्टीले ९ वटा प्रतिनिधिसभा सिटमा दाबी गर्ने उनले बताए।

प्रकाशित: Sep 05, 2022| 16:27 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...