मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • विदेशमा बसेर नेपालमा उम्मेदवार सिफारिस, ग्रिनकार्ड होल्डरलाई संवैधानिक अड्चन

विदेशमा बसेर नेपालमा उम्मेदवार सिफारिस, ग्रिनकार्ड होल्डरलाई संवैधानिक अड्चन

जनसम्पर्क समितिमा क्रियाशील सात समुद्रपारि बसेकाहरूलाई समेत आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न स्थानमा धमाधम टिकट वितरणका लागि सिफारिस गर्दैछ नेपाली कांग्रेस।
 |  सोमबार, भदौ २०, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, भदौ २०, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको नाम स्थानीय तहहरूबाट सिफारिस गरिरहेका छन्। कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट २० भदौसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ।

triton college

कांग्रेसका स्थानीय तहहरूले उम्मेदवारको नाम सिफारिस गर्दा केवल औपचारिकता मात्रै पूरा गरेका छन्। महामन्त्री गगन थापाले स्थानीय तहहरूलाई पठाएको परिपत्रमा प्रत्यक्षतर्फ उम्मेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फका लागि कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम पठाउन भनिएको छ। 

तर कांग्रेसका स्थानीय तहहरूले आवेदन परेका सबैको नाम सिफारिस गरेर औपचारिकता पूरा गरेका छन्। यसरी सिफारिस भएकामा कांग्रेसका राजनीतिकर्मी मात्र नभएर व्यवसायीसमेत सिफारिसमा परेका छन्। यति मात्र नभएर विदेशमा बसेर राजनीति गर्नेहरूसमेत त्यही बसेर नेपालको प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न सिफारिसमा परेका छन्। 

विदेशमा बसेर नेपालको प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न झन्डै एक दर्जनले आकांक्षा देखाएका छन्। यीमध्ये धेरैको नाम सिफारिस भइसकेको छ भने केही जिल्ला सिफारिस गर्ने तरखरमा छन्। कतिपय विदेशमा बस्ने नेपालीलाई नेपाल नै नआई कांग्रेसका स्थानीय तहले सिफारिस गरेका हुन्। अहिलेसम्म सिफारिसमा परेका विदेशमा राजनीति गरेकामध्ये डोटीबाट सिफारिसमा परेका आनन्द विष्ट र काठमाडौं–३ बाट सिफारिसमा परेका हरिबोल भण्डारी मात्र पार्टीले सिफारिस गर्ने क्रममा आफ्नो निर्वाचन क्षेत्रमा पुगेको पाइयो। 

सिफारिसमा पर्न नेपालमा 
कांग्रेसको सिफारिसमा परेका अधिकांश विदेशबाटै महाधिवेशन प्रतिनिधि रहेका छन्। डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार बन्ने सिफारिसमा परेका आनन्द विष्ट पार्टीको १४औं महाधिवेशनमा जनसम्पर्क समिति अमेरिकाबाट महाधिवेशन प्रतिनिधि थिए। उनको क्रियाशील सदस्यतासमेत जनसम्पर्क समिति अमेरिकामै छ। विष्ट जनसम्पर्क समिति अमेरिकाका सभापति हुन्। विष्ट कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य पनि हुन्। उनी १६ वर्षदेखि निरन्तर नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहँदै आएका छन्। पार्टीको ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका छन्। विष्ट उमेदवार छनोट प्रक्रिया चलिरहँदा भने डोटीमै छन्। 

corrent noodles
Metro Mart

विदेशमा बसेर नेपालमा उमेदवार बन्ने आकांक्षा राख्ने अर्का बालकृष्ण पाण्डे हुन्। उनी पनि नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष हुन्। पूर्वआमन्त्रित केन्द्रीय सदस्य पाण्डे अर्घाखाँचीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिफारिसमा परेका छन्। उनी पनि लामो समयदेखि जनसम्पर्क समिति भारतका अध्यक्ष छन्। पाण्डेको क्रियाशील सदस्यतासमेत भारतस्थित जनसम्पर्क समितिमा छ। उनी १४औं महाधिवेशनमा भारतस्थित जनसम्पर्क समितिबाटै महाधिवेशन प्रतिनिधि थिए। 

उम्मेदवार सिफारिस प्रक्रिया चलिरहँदा भने पाण्डे गृहजिल्ला अर्घाखाँचीमै छन्। पाण्डेले भारतमा बसेर बेचबिखनमा परेका महिला तथा बालबालिको उद्धारलगायतका काम गरेका छन्। उनले भारतमा रहेका नेपाली संगठित गर्न राम्रो भूमिका निर्वाह गरेका थिए। 

जनसम्पर्क समितिमा क्रियाशील सात समुद्रपारि बसेकाहरूलाई समेत आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न स्थानमा धमाधम टिकट वितरणका लागि सिफारिस गर्दैछ नेपाली कांग्रेस। 

विद्यार्थीकालदेखि नै कांग्रेस राजनीतिमा लागेका भण्डारी अमेरिकामा व्यापार, व्यवसायमा संलग्न छन्। उनी काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष उम्मेदवार बन्न सिफारिसमा परेका छन्। लामो समय अमेरिका बसेका भण्डारी पछिल्लो समय नेपालमै छन्। उनी आफ्नो जन्मथान जोरपाटी क्षेत्रबाट कांग्रेस राजनीतिमा सक्रिय छन्। भण्डारीले विदेशमा जहाँ भए पनि नेपालको माया कहिल्यै मार्न नसकिने बताए। आफू पछिल्लो समय नेपालमै केही गरौं भन्ने भावनाले बढी क्रियाशील हुन थालेको उनी सुनाउँछन्।

भण्डारी काठमाडौं क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। पार्टीको १४औं महाधिवेशनमा खसआर्य तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका भण्डारीले १ हजार ५९३ मत प्राप्त गरेका थिए। उनी गैरआवासीय नेपाली संघका पनि सल्लाहकार छन्। उनी उम्मेदवार सिफारिस प्रक्रियाका बेला नेपालमै छन्। 

जनसम्पर्क समिति कोरियाकी अध्यक्ष आस्था बिन्दु मल्ल पनि तनहुँ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशबाट समानुपातिकतर्फ सिफारिसमा परेकी छन्। तनहुँको माझकोटमा जन्मिएकी आस्था त्यहाँ नाम कमाएका दुर्गाबहादुर मल्ल ठकुरी परिवारकी एक्ली सन्तान हुन्। जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक एवं त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेपछि उनी लामो समयदेखि कोरियामा बस्दै आएकी छन्। 

कोरियामै १३ वर्षअगाडि व्यवसाय थालेकी मल्ल त्यहाँको वातावरण मन्त्रालयअन्तर्गत पर्ने कोरियन इन्भाइरोमेन्ट कर्र्पाेरेसन डिपार्र्टमेन्टमा अनुसन्धानकर्ताको काम गरिसकेकी छन्। कोरियास्थित जनसम्पर्क समितिबाट कांग्रेस क्रियाशील सदस्य रहेकी मल्ल १४औं महाधिवेशनमा कोरियाको जनसम्पर्क समितिको अध्यक्षका रुपमा महाधिवेशन प्रतिनिधि थिइन्। 

विदेशमै बसेर नेपालमा सिफारिस 
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिद्र नेम्बाङ पाँचथरबाट प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार बन्न सिफारिसमा परेका छन्। उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन्। उनी पाँचथरमा पुरानो राजनीतिक परिवारका सदस्य हुन्। तर नेपालको राजनीतिमा नेम्बाङको भूमिका पारिवारिक विरासतबाहेक अन्य छैन। 

पद्मकन्या क्याम्पसकी पूर्वस्ववियु सभापति टीका चौधरी अहिले अमेरिकामा बसोबास गर्छिन्। चौधरी २०६४ मा कैलाली–२ बाट संविधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका कांग्रेस नेता रामजनम चौधरीले तत्कालीन मधेसी जनअधिकार फोरमबाट उम्मेदवार भएर टीकालाई पराजित गरे। त्यसपछि टीका अमेरिका भासिएकी हुन्।

उनी अमेरिका बसे पनि कांग्रेसको क्रियाशील सदस्यता भने कैलालीमै छ। उनी कैलालीबाट १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन्। १४औं महाधिवेशनमा उनले केन्द्रीय सदस्य थारु महिलाको दुई सिटका लागि भएको प्रतिस्पर्धामा उम्मेदवारी दिएकी थिइन्। तर कांग्रेसको केन्द्रीय सदस्यमा जित भने निकाल्न सकिनन्। उनी उम्मेदवार सिफारिस प्रक्रिया चलिरहँदा अमेरिकामै  छन् । उनी कैलाली २ बाट प्रत्यक्षतर्फ सिफारिसमा परेकी छन्। 

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिद्र नेम्बाङ पाँचथरबाट प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार बन्न सिफारिसमा परेका छन्। उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन्। उनी पाँचथरमा पुरानो राजनीतिक परिवारका सदस्य हुन्। तर नेपालको राजनीतिमा नेम्बाङको भूमिका पारिवारिक विरासतबाहेक अन्य छैन। 

नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितेन्द्र उपाध्याय जितुको नाम कैलाली २ बाटै सिफरिस भएको छ।  उनी विगत केही समयदेखि क्यानडा बस्दै आएका छन्। खाद्य विज्ञान तथा प्रविधिमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेका डा. उपाध्याय हाल क्यानडाको एमसी गिल विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत छन्। उपाध्याय सानै उमेरदेखि कांग्रेसको विद्यार्थी राजनीतिमा लागेका थिए।

उपाध्यायले यसअघि नेविसंघबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सदस्यमा निर्वाचित भएका थिए। उनी पनि क्यानडामै रहेका बेला कैलाली–२ बाट समानुपातिकतर्फको सिफारिसमा परेका छन्। 

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट डा. अंगराज तिमिल्सिनाको पनि नाम सिफारिस भएको छ। एनले विद्यार्थीकालमा नेविसंघमा रहेर काम गरेका थिए । बाजुराको जनप्रकाश माविबाट एसएलसी पास गरेका डा. तिमिल्सिनाले अमेरिकाको र्‍यान्ड ग्रयाजुयट स्कुलबाट अर्थशास्त्रको नीति विश्लेषणमा विद्यावारिधि गरेका हुन्। हिमाली गाँउपालिका–७ बाँधुका तिमिल्सिना लामो समयदेखि अमेरिका बस्दै आएका छन्।

तिमिल्सिेना विगत १६ वर्षदेखि संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय विज्ञ तथा सल्लाहकारका रूपमा कार्यरत छन्। तिमिल्सिना कांग्रेसको राजनीतिमा खासै कतै देखिएका छैनन्। उनकी बहिनी विद्या तिमिल्सिना कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी नर्वे बस्ने भए पनि ४ मंसिरमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नाम सिफारिस भएको छ। 

संवैधानिक व्यवस्था नियमित विदेशमा बसेका र विदेशी जनसम्पर्क समितिको राजनीतिमा रहेका अधिकांश नेताहरू ग्रिनकार्ड होल्डर हुन्छन्। उनीहरू संविधानबमोजिम ग्रिनकार्ड त्यागेको ९० दिन अर्थात् ३ महिना नपुगेसम्म उम्मेदवार हुन पाउँदैनन्। संविधानको धारा २९१ सो व्यवस्था गरिएको छ। सो धारामा नियुक्तिका लागि अयोग्य नहुने भन्ने व्यवस्थाअन्तर्गत उपधारा १ मा विदेशको आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत र नियुक्तिमा लागि योग्य नहुने व्यवस्था छ।

सोही धाराको उपधारा २ मा त्यस्तो विदेशको आवासीय अनुमतिपत्र ल्यागेको व्यक्तिलाई कम्तीमा ३ महिने अवधि पूरा गरेपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा नपर्ने उल्लेख छ। 


प्रकाशित: Sep 05, 2022| 16:42 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...