शनिबार, वैशाख ६, २०८२

महामारीको रूप लिँदै डेंगु, टेकु अस्पतालको संक्रमणदर ६० प्रतिशत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषगरी नेपालका १० जिल्लामा डेंगुको संक्रमण उच्च देखिएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा डेंगु पुष्टि भएको छ।
 |  सोमबार, भदौ २०, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, भदौ २०, २०७९

vianetvianet

काठमाडौं– देशका ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्। आइतबारसम्म मनाङ र हुम्लाबाहेकका सबै जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत एक महिलाको डेंगुका कारण बुधबार एक महिलाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। 

triton college

यस वर्ष असारको दोस्रो सातादेखि नेपालमा देखिन थालेको डेंगु दुई महिनामा ५ हजारभन्दा बढी व्यक्तिमा पुष्टि भइसकेको छ। पछिल्लो समय डेंगु संक्रमित हुनेको संख्या तीव्र गतिमा बढेको छ। मन्त्रालयका अनुसार १० जिल्लामा डेंगुको संक्रमण उच्च छ। काठमाडौं र ललितपुरमा डेंगु संक्रमित बढी भएको महाशाखाको तथ्यांकले देखाएको छ। ललितपुरमा १ हजार ८३२ जना, काठमाडौंमा ८८८, मकवानपुरमा ५९८, रुपन्देहीमा ४३९ जनामा डेंगु पुष्टि भएको छ। यस्तै धादिङमा १११, भक्तपुरमा ९९ जना डेंगुका बिरामी छन्। त्यस्तै तेह्रथुम, सिन्धुली, सङखुवासभा र गुल्मीमा पनि संक्रमितको संख्या उच्च छ। 


महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक गोकर्ण दाहालका अनुसार डेंगुको प्रकोप बढेपछि नियन्त्रणको उपाय अपनाउन थालिएको दाबी गरे। सातै प्रदेशका स्वास्थ्य निर्देशनालय, सबै पालिकालाई नियन्त्रणका लागि अभियान सञ्चालन गर्न निर्देशन दिइएको उनको भनाइ छ।  दाहालका अनुसार डेंगु पुष्टि भएका सबै स्थानीय तहलाई डेंगु गराउने लामखुट्टेको 'लार्भा खोज र नष्ट गर' अभियान सञ्चालन गर्न भनिएको छ। 

उपत्यकाका अस्पतालका बेड ज्वरोका बिरामीले भरिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अहिले डेंगुको बिरामीको चाप बढेको छ। अस्पताल प्रशासनका अनुसार डेंगुको आशंकामा परीक्षण गरिएकामध्ये झन्डै ६० प्रतिशतभन्दा धेरैमा डेंगु पुष्टि हुने गरेको छ। 

National life insurance

अस्पतालमा दैनिक १२० भन्दा धेरै व्यक्ति इमर्जेन्सीमा पुग्ने गरेको अस्पतालका प्रशासन प्रमुख नवराज गौतम बताउँछन्। सबै बिरामीलाई अस्पतालले धान्न सक्ने क्षमता नभएपछि बालबालिकालाई भने कान्ति बाल अस्पतालमा रिफर गर्न थालिएको छ। लक्षणसहितका बिरामी नै दैनिक झन्डे डेढ सयको हाराहारीमा पुग्न थालेका छन्। 

इमर्जेन्सीमा पुग्ने अधिकांश बिरामीमा सामान्य परीक्षण र उपचार गरी फर्कने भएकाले भर्ना गर्ने नगरिएको प्रवक्ता डा किजन महर्जन बताउँछन्। उनका अनुसार अस्पतालमा पुग्नेहरुमा  ज्वरो, वान्ता, शरीर दुखाई, आँखाको गेडी दुख्ने लगायतका समस्या छन्। गम्भीर नभएका बिरामीलाई औषधि र परामर्शपछि घर पठाइएको उनले बताए। अस्पतालले छुट्टै 'डेंगु फिभर क्लिनिक' सञ्चालन गरिरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जय ठाकुरका अनुसार डेंगु बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले हेल्थ क्लस्टरलाई एक्टिभ गराएको छ। सो अन्तर्गत आइतबार मात्रै विश्व स्वास्थ्य संगठन नेपाल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, हब अस्तपालहरु, एनजिओ/आइएनजिओ र विज्ञहरुसँग छलफल गरेको थियो। 'स्वास्थ्यकर्मी पनि डेंगु संक्रमित हुन थालेका छन्। डेंगु नियन्त्रणको लागि चाँडो काम गर्नुपर्छ,' ठाकुरले भने। 

मंगलबार डेंगु नियन्त्रणबारे व्यवस्थापन समुह परिचालन गर्ने विषयमा बैठक बस्दैछ। अझै दुइ महिना डेंगुको लागि अनुकुल मौसम भएकाले यो समयमा डेंगु बढ्न सक्ने भएकाले नियन्त्रणको लागि संघ, प्रदेश र स्थानीय तहले काम गर्नुपर्ने उनले बताए। 

पालिकाहरुले सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेका छ। डेंगु नियन्त्रणका लागि महाशाखाले १३९ स्थानीय तहमा बजेट पठाएको छ। दुई करोडभन्दा बढी बजेट पठाएको महाशाखा प्रमुख डा. चुमनलाल दास बताउँछन्। 

संक्रमण दर बढेपछि काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट डेंगु नियन्त्रणबारे जनचेतना तथा लामखुट्टेको वासस्थानमै पुगेर लार्भा र अण्डा नष्ट गर्न थालेको छ। काठमाडौं स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अभियान सञ्चालनका लागि ९० जनाभन्दा बढी स्वयंसेवक तथा स्वाथ्यकर्मी खटाएको छ। साथै स्वास्थ्य कार्यालयले अभियानका लागि तालिम पनि सञ्चालन गरेको छ। 

महाशाखाका डा. दाहालका अनुसार हाल तथ्यांकमा देखिएका भन्दा बढी व्यक्ति संक्रमित भएका हुन सक्छन्। 'मानिसहरु निजी अस्तपालमा पनि गएका छन्,' उनले भने, ‘सबै निजी अस्पतालबाट तथ्यांक आएको छैन, साथै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट पनि रिर्पोटिङ हुन बाँकी रहेकाले यो संख्या बढ्न सक्छ।’

शुक्रराज अस्पतलाका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन हाल डेंगु फैलाउने लामखुट्टे व्यापक रुपमा देखिएको बताउँछन्। बिजुलीको गतिमा डेंगु फैलिएको उनी बताउँछन्।  डा. पुन भन्छन्, ‘हाल डेंगु टोल–टोलमा, परिवार–परिवारमा डेंगुले दुख दिएको छ। २०१९ डेंगुको महामारी अहिले नदोहोरिएला भन्न सकिँदैन।’ हाल अस्पताल पुग्ने बिरामीहरुमा उच्च ज्वरो आउनु, टाउको र शरीरका जोर्नी/मांशपेशीमा अत्यधिक पिडा हुने, आँखाको गेडी खस्ला जस्तो हुनु/दुख्ने, वाकवाक वा बान्ता हुने, पखाला वा पातलो दिसा लाग्ने लगाएतका समस्या देखिएको छ। 

डा. पुन भन्छन्, ‘हाल दैनिक डेंगु संक्रमित बढिरहेका छन्, तर देखिएको भन्दा कयौं गुण संक्रमित भइसकेको अनुमान गर्न सकिन्छ। हाल मानिसमा डेंगुको लक्षण देखिएपनि डेंगु नेगेटिभ देखिएको छ। डेंगु भएका मानिसलाई श्वासप्रश्वासमा कठिनाइ, पेट दुख्ने, गिजाबाट रगत बग्ने, थकान महसुस हुने लगाएतका समस्या देखिन्छन्। त्यस्तै यस्ता बिरामीमो सेता रक्तकोषको र प्लेटलेट्सको मात्रा कमी हुने डा. पुन बताउँछन्। 

सन् २०१९ भन्दा अहिले बढी संक्रमित भइरहेको डा. पुन बताउँछन्। अहिले धेरैजसो परिवारमा कोही न कोही मानिसहरु डेंगुको संक्रमित भइरहेका र स्वास्थ्य संस्थामा डेंगुका बिरामीको चाप बढेकाले संक्रमणदर अझ बढ्न सक्ने उनी बताउँछन्।  

'संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षणहरु देखिने तर संक्रमितमध्ये ७५ प्रतिशतमा भने लक्षण नदेखिन पनि सक्छ,' डा. पुनले भने। डेंगु संक्रमितलाई मुख्यतया अधिक दुखाइले समस्या दिने गर्दछ। मानिसहरु घरमा बसेर आफुखुसी औषधि खाँदा समस्या आउने उनी बताउँछन्। चिकित्सकको परामर्श बिना कुनै पनि औषधिको प्रयोग नगर्न उनको सुझाव छ। लामखुट्टेको नियन्त्रण बिना डेंगु नियन्त्रणमा नआउने हुनाले लामुखट्टेको नियन्त्रण गर्नु नै उपयुक्त उपाय भएको उनी बताउँछन्। सफा पानी जम्ने स्थानमा डेंगु फैलाउने लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घर वरपर पानी जम्न नदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। 

प्रकाशित: Sep 05, 2022| 15:50 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्