बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सुनसरी ४ : सञ्‍चारमन्त्री कार्कीविरुद्ध एमालेका कुसियैत भिड्ने

सुनसरी ४ : सञ्‍चारमन्त्री कार्कीविरुद्ध एमालेका कुसियैत भिड्ने

सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र सुनसरी-४ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्। सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र सुनसरी-४ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्।
 |  आइतबार, भदौ १९, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

आइतबार, भदौ १९, २०७९

इटहरी- प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै विभिन्‍न जिल्लाबाट उम्मेदवारहरुको नाम सिफारिस हुने क्रम चलिरहेको छ। यस्तै सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र सुनसरी-४ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्।  

triton college

सुनसरी जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले सुनसरी-४ नम्बरबाट प्रतिनिधिसभामा कार्कीको नाम सर्वसम्मत सिफारिस भएको हो। भोजपुरबाट निर्वाचन क्षेत्र परिवर्तन गरी सुनसरी ओर्लिका कार्की कांग्रेसका प्रभावशाली नेतामा पर्दछन्। 

शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटको पहिलो रोजाइमा परेका कार्की सुरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका उनी दुई पटक अर्थमन्त्री भए। २०३९ सालमा ‘नेपाल विद्यार्थी संघ’ को केन्द्रीय अध्यक्ष भएका कार्की कांग्रेस विभाजनको समयमा प्रजातान्त्रिक कांग्रेसमा लागेका थिए।  

२०७४ मा अर्थमन्त्री हुँदा उनी चुनावी मैदानमा होमिएर जित हात पारेका थिए। ०७९ को निर्वाचनमा उनी ०७४ कै नतिजालाई दोहोर्‍याउने पक्षमा छन्। उनीविरुद्ध नेकपा एमालेले केन्द्रीय सदस्य जगदीश प्रसाद कुसियैतलाई अघि सारेको छ। प्रदेश १ का पूर्व पर्यटन मन्त्री समेत रहेका कुसियैत २०५३ सालमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए। 

कोइरालाले मोरङ र सुनसरी दुवै स्थानबाट चुनाव लडेपछि पछि सुनसरी छाडेका थिए। सोही वर्ष भएको उपनिर्वाचनमा तत्कालीन गृह राज्यमन्त्री हरि सापकोटालाई भने कुसियैतले पराजित गरे। कार्कीले भने उनको क्षेत्रमा कांग्रेसलाई बलियो अवस्थामा पुर्‍याएका छन्। 

Metro Mart
vianet

गत स्थानीय निर्वाचनमा उनको क्षेत्रमा पर्ने चारवटै पालीकामा नेपाली कांग्रेस विजयी भएको छ। एमालेको गढ मानिएको बराहक्षेत्र नगरपालिका र जसपाको प्रभाव क्षेत्र मानिएको भोक्राह नरसिंह गाउँपालिकामा समेत यस पटक कांग्रेस विजयी भयो। त्यससँगै कोसी र हरिनगर गाउँपालिकामा पनि कांग्रेसले नेतृत्व गरिरहेको छ। 

क्षेत्र नम्बर ४ का सभापति ऐयुव अन्सारीले अहिले कांग्रेस बलियो अवस्थामा पुगेको दाबी गर्छन्। तर, नेकपा एमाले क्षेत्र नम्बर ४ का सहइन्चार्ज तथा प्रदेश सदस्य अजय कुसियैत भने कार्कीले विकास गर्न नसकेको आरोप लगाएका छन्। कांग्रेसभित्रको आन्तरिक कलह र कार्कीको सीमित घेराभित्र रमाउने स्वभाव नै नेकपा एमालेका लागि चुनावी जितको सकारात्मक पक्ष भएको उनले दाबी गरे। 

२०७४ सालको निर्वाचनमा कार्कीले ३२ हजार ३४७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए।  


प्रकाशित: Sep 04, 2022| 19:16 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।