बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिनी स्ट्राइकर डिबालाका लागि रियल १८० मिलियन युरो तिर्न सहमत

अर्जेन्टिनी स्ट्राइकर डिबालाका लागि रियल १८० मिलियन युरो तिर्न सहमत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन- अर्जेन्टिना तथा युभेन्ट्सका स्ट्राइकरकालागि रियल मड्रिड मोटो रकम तिर्न सहमत भएको छ। 

रियल युभेन्ट्सका पाउलो डिबालालाई अनुबन्ध गर्न १८० मिलियन युरो तिर्न सहमत भएको हो। फ्लोरेन्टिनो पेरेज ट्रान्सफर विन्डोज सकिनै लाग्दा मोटो रकममा खेलाडी अनुबन्ध गर्दै अन्य टोलीलाई झट्का दिएका छन्। एक प्रतिभावान खेलामडी माथि हस्ताक्षर गर्दै छिट्टै डिबालालाई घोषणा गर्ने बताइएको छ।

रियलका अनुसार डिबालाको युभेन्ट्स प्रबन्धक मासिमिलिनो एलेग्रिसँग राम्रो सम्बन्ध नभएको बताएका छन्। फरर्वाडर डिबाला रियलमा जर्सी नम्बर ७ लगाउन तयार रहेका बताएका छन्। यसै सिजन रियलका जर्सी नम्बर ७ का खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेका थिए। उनको स्थानमा नयाँ खेलाडी प्रतिस्थापन गर्न यतिखेर रियल कसरतमा छ।
 
डिबाला एक आधुनिक खेलाडी मध्यका एक हुन्। उनमा युरोपका कुनै पनि टिमका लागि शिर्ष स्ट्राइकर हुन सक्ने क्षमता छ। यतिखेर २४ बर्षीय डिबाला म्यानचेस्टर युनाइटेड र रियलको नजरमा परेका छन् । उनी पालेर्मोबाट २०१५ मा युभेन्ट्स पुगेका थिए। डिबाला विश्वको शिर्ष खेलाडी मध्यका एक हुन्। 

उनले पछिल्लो बर्ष युभेन्ट्सका लागि असाधारण फुटबल खेलेर आफुलाई साबित गरिसकेका छन्। उनले गत सिजनको सिरी–ए मा ३३ खेल खेल्दै २२ गोल र ५ असिस्ट गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।