बिहीबार, असोज ३, २०८१

सुनसरी ३ मा पुगेर ओलीले भने - गच्छदारले फेरि धाँधली गर्न सक्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित भ्रमण बढाएका छन्। एमालेको पकड रहेको क्षेत्रमा कार्यकर्तासँग भलाकुसारी गर्नेदेखि चुनावी निर्देशनमा उनी लागेका छन्।
 |  शनिबार, भदौ १८, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

शनिबार, भदौ १८, २०७९

इटहरी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित भ्रमण बढाएका छन्। एमालेको पकड रहेको क्षेत्रमा कार्यकर्तासँग भलाकुसारी गर्नेदेखि चुनावी निर्देशनमा उनी लागेका छन्। सोही क्रममा ओलीले केही दिनदेखि गृह जिल्ला झापा, मोरङ र सुनसरीको भ्रमणमा छन्।

triton college

शुक्रबार नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई भेटेर उनले राजनीतिक छलफल गरे। कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्‍ने तयारीमा छन्। पार्टी र सरकारको गतिविधिप्रति आलोचनात्मक टिप्पणी राख्‍ने कोइराला र ओलीबीच भेटलाई रणनीतिक रूपमा हेरिएको छ। 

शनिबार बिहान भने ओली सुनसरी क्षेत्र नम्बर ३ को केन्द्रमा रहेको दुहबी बजार पुगे। पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा उनले कार्यकर्तालाई चनाखो हुन निर्देशन दिए। गँड्यौलाजस्तो लाटो नभई सर्पजस्तै बाठो र विषालु बन्‍न उनले कार्यकर्तालाई आग्रह गरे। आफ्नो मतको संरक्षण गर्न सक्नुपर्ने भन्दै उनले निर्वाचनमा धाँधली हुनसक्ने आशंका गरेका छन्।

यसअघि २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भगवती चौधरीको अग्रसरतामा कार्यक्रम आयोजना भएको थियो। चौधरी पुनः सुनसरी क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्‍ने तयारीमा छन्। ओलीले यसअघि दुई पटक चुनाव एमालेले जिते पनि शक्तिको दुरुपयोग भएर चौधरीले पराजय भोग्‍नुपरेको बताए। 

२०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट र २०७४ मा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार विजयी भए। गत मंसिरमा सम्पन्‍न नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट गच्छदार उपसभापतिमा पराजित भएपछि उनको शक्ति थोरै कमजोर भएको छ। ललिता निवास प्रकरणमा आरोपित रहेको गच्छदार अन्तिम पटक चुनाव उठ्ने तयारीमा छन्। पार्टीभित्र र बाहिर कमजोर बन्दै गए पनि गच्छदारले धाँधली गरेर चौधरीलाई जित्‍न नदिने आरोप लगाए।  

Metro Mart
vianet

यसअघि पनि शक्तिको दुरुपयोग गरेर, बाकस साटेर एमालेको हार घोषणा गराइएको उनको भनाई थियो। २०४८ यताका सबै निर्वाचनमा विजयकुमार गच्छदार विजयी हुँदै आएका छन्। एउटै क्षेत्रबाट लगातार विजयी भएका उनी पुनः धाँधली गरेर पनि विजयी हुनसक्ने ओलीको संकेत छ। यसअघिका निर्वाचनमा गच्छदार हार्ने संकेत भएपछि मतगणना स्थगित हुने गरेको एमाले नेताहरू बताउँछन्। प्रहरी आफै निष्पक्ष नभएको कारण चुनावी परिणाम एमालेको पक्षमा नभएको उनीहरूको गुनासो छ। 

६ वटा निर्वाचन मध्ये २०४८, ०५१, ०५६ र ०७४ मा नेपाली कांग्रेस, ०६४ मा मधेसी जनअधिकार फोरम र ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट गच्छदार निर्वाचित भए। १२ पटक मन्त्री र ४ पटक उपप्रधानमन्त्री भएका उनी सुनसरीका शक्तिशाली नेताको रूपमा चिनिन्छन्। 

कुनै बेला सत्ताको चाबी नै उनको हातमा थियो। पछिल्लो समय १४ औं महाधिवेशनमा पार्टीका कार्यकर्तालाई घरमा बोलाएर दुख दिएको भन्दै पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। पार्टी भित्रको समीकरण समेत उनको पक्षमा नभएका कारण यस पटक एमालेमा उत्साह थपिएको छ। तथापि गच्छदारले प्रशासनको दुरुपयोग गर्नेमा ओलीनै सशंकित देखिन्छन्। जुन कुरा शनिबार उनले प्रस्ट पारे। यसअघि उनको पक्षमा रहेका कार्यकर्ता समेत उनलाई साथ दिन नसक्ने अवस्थामा बुझेपछि एमाले थोरै उत्साहित भएको छ।  


प्रकाशित: Sep 03, 2022| 18:54 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।