बिहीबार, असार ३२, २०८३

रियलका पूर्वखेलाडी मारियानो फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फ्रान्स- गत बर्ष मात्रै रियल मड्रिडबाट फ्रान्सिस क्लब लियोन पुगेका फरवाडर मारियानो डियाज पुनः रियलमै फर्किएका छन्। क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि उनको स्थानका लागि रियलले मारियानोलाई ३० मिलियन युरोमा पुनः अनुबन्ध गरेको हो। रियलको यो रोनाल्डो बिक्री पछि पहिलो खेलाडी अनुबन्ध हो।

मारियानोले एक बर्ष पहिले आठ मिलियन युरोमा रियल छोड्दै लियोन पुगेका थिए। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मारियानो माथि सेभिल्लाले पहिले चासो देखाएको थियो । तर, २५ बर्षीय मारियानोमाथि पछिल्लो समय रियलले चासो राख्दै आफ्नो क्लबमा पुनः फिर्ता गरेको हो। उनीसँग रियलले पाँच बर्षको सम्झौता गरेको छ । उनी शुक्रबार सेन्टिअगो बर्नाबेउमा समर्थकका साथ सार्वजनिक हुने बताइएको छ।

२०११ बाट बडालोना क्लबमा अनुबन्ध हुदै मारियानोले व्यावसाहिक फुटबल यात्रा शुरु गरेका थिए। त्यसपछि उनी २०१२ बाट रियलको सी क्लब र बी क्लबबाट खेल्दै उनी २०१६ मा सिनियर टिममा परेका थिए । उनले सिनियर टिमबाट लिगका ८ खेल खेलेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।