एजेन्सी–दक्षिण अमेरिकी फुटबल निकाय कोन्मेबोलका पुर्व अध्यक्ष जुअन एंगललाई विश्व फुटबलको सर्वोच्चो निकाय फिफाले नौं बर्ष सजाए सुनाएको छ ।
उनलाई फिफा भ्रष्टाचार मुद्धामा नौं बर्षको जेल सजाए सुनाएको हो । उनी गत बर्षको डिसेम्वरमा ब्रुकलिन, न्युयोर्क सिटीमा परिक्षणका क्रममा दोषी भेटिएका थिए । उनले पारागुयालविरुद्ध षड्यन्त्र रचेको र दुई पटक धोका दिएको आरोपका दोषी भेटिएका हुन् ।
पुर्व फिफा अध्यक्ष जुआनको ३.३७ मिलियन डलर जफत र थप १ मिलियन डलर जरिवाना गरिएको छ । ६० बर्षीय जुअन पुर्व ब्राजिलियन फुटबल फेडेरेसनका जोसे मारिया मारिनसँग दोषी भेटिएका थिए । ८६ बर्षीय मारिनलाई यसै महिनाको सुरुवातमा चार बर्षका लागि जेल सजाए सुनाएको थियो । फिफाले मारिनको ३.३४ मिलियन डलर जफत र थप १.२ मिलियन डलर जरिवाना गरेको थियो ।
डिसेम्वर २०१५ मा ज्युरिखको बौर औं लक होटेलमा जुअन गिरफ्तार गरिएका थिए । उनी गिरफ्तार भएको सात महिना पछि सात फिफा अधिकारीलाई हिरासतमा लिएको थियो । विभिन्न प्रतियोगिताका लागि मिडिया र मार्केटर अधिकारीसँग लाखौं घुस लिन बनाएको योजनामा जुअन सहभागी भएको खुलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४