बिहीबार, वैशाख २०, २०८१

बुटवल उपमहानगरमा नयाँ मेयरका सय दिन : के-के भए उपलब्धि?

शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्। एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए।
 |  शनिबार, भदौ १८, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, भदौ १८, २०७९

बुटवल- बुटवल उपमहानगरपालिकाले एक सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो।  

triton college

शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्।  एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए। 

‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं,’ उनले भने। नगरप्रमुख पाण्डेले बुटवलमा असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित रहेको बताए।  सबै वडाहरूको सन्तुलित विकास गर्दै नगरवासीको साझा चौतारीको रूपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न प्रयत्नरत रहेको उनले बताए। 

बुटवलका समस्या समाधानका लागि संघ र प्रदेशसँगसमेत सहकार्य गरेर अगाडि बढ्ने उनले बताए। बुटवललाई सबल आर्थिक केन्द्रका रूपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको उनले बताए। 

कार्यक्रममा प्रमुख पाण्डेयले एक सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दानी अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए। 

corrent noodles
Metro Mart

यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको बताए। 

नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरूका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताए। कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रूपमा योजनाहरू कार्यान्वयनमा जाने बताए। 

पूर्वजनप्रतिनिधिका लागि सम्पर्क कक्ष स्थापना 

बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र दलहरूका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ। स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गरे। 

बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपविजेताहरूका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताए।

प्रकाशित: Sep 03, 2022| 07:34 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।