शनिबार, जेठ ३०, २०८३

सार्वजनिक भयो कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो।

National life

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ। सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए।

यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ६५ हजार २ सय ८४ रहेको छ। परीक्षा वोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका संख्या १० हजार ९ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ३५ मात्रै छ।

यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ। त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ। परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ।

Shivam cement


प्रकाशित: Sep 02, 2022| 17:53 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्