बिहीबार, असार ३२, २०८३

सुवासको अर्धशतकमा नेपालको शतक रन पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-मलेसियामा जारी एसिया कप छनोटको दोस्रो खेल खेली रहेको नेपालका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेलले अर्धशतक पुरा गरेका छन् । 

उनले ९७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा ५० रन जोड्दै आउट भएका छन् । यतिखेर नेपाल संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको २ सय ५५ को लक्ष्य पछ्याउने क्रममा छ । ३० ओभरको खेल सकिँदा सम्म नेपालले चार विकेट गुमाएर एक सय एक रन जोडेको छ । 

यतिखेर मैदानमा सुवासलाई मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले साथ दिइ रहेका छन् । ऐरी यतिखेर २१ रनमा खेली रहेका छन् ।

नेपालले चार रन जोड्दा पहिलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाउन पुगेको थियो । त्यसपछि मैदान छिरेका कप्तान पारस खड्का पनि २० बल खेल्दै तीन चौकाको मद्दतमा १६ रन जोड्दै आउट हुन पुगे । 

८.३ ओभरमा ३३ रन जोड्दा दोस्रो विकेटको रुपमा पारस गुमे पछि मैदान प्रवेश गरेका सागर पुन तीन रनमा पेभिलियन फर्किए । उनले ओमनसँगको खेलमा नेपालका लागि सर्वाभिक ८३ रन जोडेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।