शुक्रबार, चैत १३, २०८२

युएईद्धारा नेपाललाई २५५ रनको लक्ष्य : सन्दिपको ४ विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य पाएको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५५ रनको लक्ष्य सुम्पेको हो ।

युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २/२ विकेट लिए ।

ओमानसँगको पहिलो खेल ७ विकेटले पराजित नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । 

छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना शुरु हुने एसिया कपको लागि छनोट हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।