बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले गरे आत्महत्या, भेटियो ८ पेजको सुसाइड नोट

काठमाडौंमा ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले गरे आत्महत्या, भेटियो ८ पेजको सुसाइड नोट

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले आत्महत्या गरेका छन्। बुद्धनगरमा निर्माणका क्रममा रहेको घरको छैटौं तलामा गएर १४ वर्षीय किशोर-किशोरीले आत्महत्या गरेका हुन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तलामाथिबाट हाम फालेर किशोर-किशोरीले आत्महत्या गरेका छन्। बुद्धनगरमा निर्माणका क्रममा रहेको घरको छैटौं तलामा गएर  १४ वर्षीय किशोर-किशोरीले आत्महत्या गरेका हुन्। 

मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्‍ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन्। उनीहरु दुबै जना पाठशाला स्कुलमामा कक्षा ९ मा पढ्ने गरेका छन्। 

बानेश्‍वर प्रहरी वृहतका प्रहरी नायक उपरीक्षक डीएसपी निशान श्रीवास्तवले बुधबार साँझ साढे ५ बजे यो घटना भएको जानकारी दिएका छन्। उनले भने, 'घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ। यसबारे हामी अनुसन्धान गरिरहेका छौं।'

अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले वास्तवमै बाँच्‍ने उत्प्रेरण गुमाएको छु। र, आफैंलाई मार्ने उत्प्रेरण पाएँ।'

डायरीमा लेखिएको मिति अनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्‍न थालेका थिए। ‘डियर डायरी’ सम्बोध गर्दै सो नोट लेखन सुरु गरेको पाइएको छ। आफ्नो प्रेम सम्बन्धमा बावु आमाले अवरोध गरेको बारे नोटमा उल्लेख छ। घटनास्थलमा (घरको ६ तलामा) भेटिएको नोटमा अनिकेतले लेखेका छन्-‘मुटुचाहिँ बाँचिरहेको छ, कारण कृपिता।’

प्रकाशित: Aug 31, 2022| 22:02 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।