बिहीबार, असार ३२, २०८३

ओजिलले सन्यासलिँदा कुनै छलफल गरेनन् : मुख्य प्रशिक्षक जोअचिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जर्मनी- जर्मनीका मुख्य प्रशिक्षक जोअचिम लोले मेसिउट ओजिलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिनु पुर्व आफुसँग कुनै छलफल नगरेको बताएका छन्। 

ओजिलले केही जर्मन एफए अधिकारीको जातीवाद आरोपपछि राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। तर, बिषय यो होकी ओजिले आफ्नो चिन्ता उठाउनु भन्दा पहिले किन राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरे? 

मुख्य प्रशिक्षक जोअचिमले भने, ‘उनको एजेन्टले मलाई बोलाए र भने ओजिल आफ्नो राष्ट्रिय टिमबाट सन्यास लिंदैछन्। तर, उनले मलाई फोन गरेनन्। ओजिलले एक फरक बाटो रोजेका छन् र अहिले सम्म मलाई एक फोन गरेका छैनन्।’ 

उनले थपे, ‘मैले फोन र म्याजेसद्धारा कुरा गर्ने कोशिश गरेको थिए तर म उनी समक्क्ष्य पुग्न सकेन । मैले स्वीकार गर्नै पर्छ कीे शायद यो पुरा स्थीतिलाई कम गर्न सकेन्।’

ओजिलले यो बिषयको निर्णय छिटो लिएको प्रशिक्षक जोअचिमको आरोप छ। रुस विश्वकपभन्दा पहिले ओजिलले टर्कीमा टर्कीका राष्ट्रपति रेसेप टायिपएर्डोगानसँग खिचेको तस्बिर र विश्वकपमा जर्मनी समूह रचणबाटै बाहिरिनु उनी माथि आरोप लागेको थियो। जहाँ जातीवादको बिषयमा ओजिलको आलोचना भएको थियो। तर, जर्मनी टिममा कुनै पनि जातीवाद नभएको प्रशिक्षक जोअचिमले भने।

ओजिलसँग राष्ट्रिय टिममा नौं बर्ष बिताएका जर्मनी टिम म्यानेजर ओलिभर बियरहोफले उनी महान खेलाडी भएको बताएका छन्। उनले भने, ‘ओजिलको सन्यासबाट हामी दुखि भएका छौ। हामीले यो बिषय र राजनितिक प्रतिक्रियालाई गलत तरिकाले गलत सम्झेउ । तर, एक कुरा प्रस्ट छ की राष्ट्रिय खेलाडीलाई जातिवादको आरोप लगाउनु पर्ने थिएन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।