शुक्रबार, चैत १३, २०८२

एसियाड: टेबल टेनिसमा नविता र स्यान्टुको जोडी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जाकर्ता- इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अर्न्तगत टेबल टेनिसको मिक्स डबल्स्मा नेपाल पराजित भएको छ। बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालकी नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि-क्वाटरफाइलमा पराजित भएको हो।

प्रि-क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र म्यान वु वाङको जोडीसँग ३-१ को सेटमा पराजित भइन्। पहिलो र दोस्रो सेट ११-६ र ११-१ ले गुमाएपनि तेस्रो सेट स्यान्टु र नविताको जोडीले १३-११ ले जितेको थियो। तर चौथो सेट ११-७ ले गुमाउन पुग्यो। 

त्यसअघि यि दुई जोडीले मंगोलियाको टेमुलेन म्यान्डल र अन्डराम मखवातलाई १३-११, ११-७ र ११-९ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका थिए। अर्को प्रि-क्वार्टरफाइनलमा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी हङकङकी चुन टिन वोङ र होइ किङ डुको जोडीसँग ११-४, ११-४ र ११-१ को सोझो सेटमा पराजित भयो।

यसअघि यो जोडीले कतारका अब्दुल रहमान नाग्गर र महा फारामार्जीको जोडीमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भएका थिए।

शुरुवाती दुई सेट ८-११ र ७-११ ले गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमन गर्दै तीनै सेट क्रमशः ११-५, ११-६ र ११-४ ले आफ्नो पक्षमा पार्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।