काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट बिदामा बस्ने भएका छन्। भदौ २४ गते अवकाश पाउन लागेका थापा नेपाली सेनाको परम्पराअनुसार अवकास हुनुभन्दा एक महिना अघि नै बिदामा बस्न लागेका हुन्।
थापा बिदामा बस्ने भएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्माले पाउनेछन्। सरकारको सिफारिसमा राष्ट्रपतिले बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त गरिसकेकी छन्।
प्रधानसेनापति थापा २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए।