बुधबार, वैशाख १९, २०८१

युवालाई प्रोत्साहन गर्न टी-२० विश्वकपको ट्रफी नेपालमा

करिब दुई महिनाअघि प्रदर्शनीमा निकालिएको यो ट्रफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तालिका अनुसार सोमबार नेपाल ल्याइएको छ। यसलाई नेपालका विभिन्न ठाउँमा प्रदर्शन गराइने छ।
 |  मंगलबार, भदौ १४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- टी-२० विश्वकप सुरु हुन करिब दुई महिनामात्रै बाँकी छ। सदाझैं यसपटक पनि प्रतियोगिताको ट्रफी विश्वका विभिन्न देशहरुमा प्रदर्शनी गरिनेछ। अक्टोबर १६ मा श्रीलंका र नामिबियाबीच हुने विश्वकप २०२२ को उद्घाटन खेलअघि यो ट्रफीलाई चार महादेशका १३ देशका ३५ स्थानको भ्रमण गराइनेछ।

triton college

करिब दुई महिनाअघि प्रदर्शनीमा निकालिएको यो ट्रफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तालिका अनुसार सोमबार नेपाल ल्याइएको छ। यसलाई नेपालका विभिन्न ठाउँमा प्रदर्शन गराइने छ।

मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो तालमा लगिनेछ र त्यसपछि कालापत्थरमा राखिनेछ। त्यसपछि एभरेष्ट बेस क्याम्पमा पनि यो ट्रफी लगिने छ। यी दुई ठाउँमा राखेपछि दिउँसो मौसम अनुकूल भएमा राष्ट्रपति कार्यालय लगिने छ। मंगलबार साँझ क्यानले क्रिकेटसँग सम्बन्धित व्यक्तिहरु, पत्रकार र प्रायोजकमाझ ट्रफीसहित डिनर आयोजना गर्ने भएको छ। भोलिपल्ट बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकमाझ अवलोकनका लागि राखिनेछ। यो ट्रफी खेलाडी तथा राष्ट्र प्रमुखलाई मात्र छुन दिइने बताइएको छ। ट्रफी टुरमा नेपालका पूर्व क्रिकेटर मेहबुब आलम पनि सहभागी हुनेछन्।

क्यानका जनरल म्यानेजर वृतान्त खनालले नेपालका युवावर्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ट्रफी नेपाल ल्याइएको बताए। उनले भने, ʽयो ट्रफी विशेषगरी नेपालमा रहेका युवावर्गलाई प्रोत्साहनका लागि ल्याइएको हो। ट्रफी देखेपछि युवालाई प्रोत्साहन मिल्ने र उनीहरु क्रिकेटमा उत्साहित भएर लाग्ने अपेक्षा गरिएको छ।ʼ उनले नेपालमा क्रिकेट प्रवर्धन गर्नुका साथै नेपालको पर्यटनमा पनि यसले ठूलो सहयोग पुग्ने दाबी गरे।

टी–२० विश्वकप ट्रफी पहिलो पटक फिजी, फिनल्याण्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर र भानुआटुमा प्रदर्शन गर्न लागिएको हो। नेपालले प्रमुख विश्व खेलकुद प्रतियोगिताको ट्रफीलाई स्वागत गर्न लागेको यो तेस्रो पटक यो। यसअघि नेपालले आईसीसी पुरुष ५० ओभरको आइसिसि विश्वकप ट्रफी सन् २०१८ अक्टोबरमा र सन् २०१३ मा विश्वकप सन् २०१४ को ट्रफी ल्याएको थियो।

corrent noodles
Metro Mart

नेपालले इतिहासमै पहिलो पटक टी-२० विश्वकप सन् २०१४ मा खेलेको थियो। त्यसको आठ  वर्षपछि फेरि नेपालले विश्वकप खेल्ने मौका थियो। तर छनोटको  निर्णायक खेलमा नेपाल यूएइसँग ६८ रनले पराजित हुँदै दोस्रो पटक विश्वकपमा पुग्ने सपनामा पूर्णविराम लाग्यो। ग्लोबल क्वालिफायरका समूह चरणका सबै खेल जितेर सेमिफाइनल पुगेको नेपाल युएइसामु निरिह बन्दै विश्वकपमा पुग्न सकेन।

विश्वकप सुरु हुनुभन्दा १०० दिनअघि नै आधिकारिक रुपमा मेलबर्नमा गत शुक्रबार एक समारोहका बीच ट्रफी भ्रमण सुरु गरिएको थियो। जसलाई अस्ट्रेलियाका अन्तर्राष्ट्रिय क्रिकेट स्टार आरोन फिन्च, जर्जिया वेयरहाम, टेला भ्लामिंक, शेन वाट्सन, वकार युनिस र मोर्ने मोर्केलले उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै आइसिसि प्रमुख कार्यकारी जियोफ अल्राडीकले यसरी धेरै टिमह सहभागी हुनु साँचिच्कै उत्साहजनक रहेको बताए। उनले भने, ʽआईसीसी पुरुष टी-२० विश्वकप सुरु हुन मात्र १०० दिन बाँकी छ, टी-२० क्रिकेटमा अन्तिम पुरस्कारको लागि प्रतिस्पर्धा गर्न अष्ट्रेलियामा १६ टोलीहरू एकसाथ आउनु अघि साँच्चै उत्साहको भावना छ।ʼ आईसीसी पुरुष टी-२० विश्वकप ट्रफी भ्रमणको सुरुवात मनाउनु भनेको पहिलो पटक ट्रफीलाई दस देशहरूमा लैजानको लागि अर्को महत्त्वपूर्ण कोसेढुंगा हो। एक पटक फेरि टी-२० ढाँचालाई खेलको विकास गर्न र संलग्न हुन एक वाहनको रूपमा प्रयोग गर्ने हाम्रो प्रतिबद्धता हो,' जियोफले थपे। 

टी-२० विश्वकप ट्रफि भ्रमण तालिका
जुलाई ८-१२ मेलबर्न अष्ट्रेलिया, जुलाई १३-१५ ब्रिस्बेन, अष्ट्रेलिया, जुलाई १८  केर्न्स, अष्ट्रेलिया, जुलाई १९-२० पोर्ट मोरेस्बी, पपुवा न्यू गिनी, जुलाई २१-२२ हेलसिन्की, फिनल्याण्ड,  जुलाई २३ एडिनबर्ग, स्कटल्याण्ड, जुलाई २४ ग्लासगो, स्कटल्याण्ड, जुलाई ३१ कोलोन, जर्मनी, अगस्ट १-२ फ्रैंकफर्ट, जर्मनी, अगस्ट ८-९ उलुरु, अष्ट्रेलिया, अगस्ट १०-१४ डार्विन, अष्ट्रेलिया, अगस्ट १६-१७ बाली, इन्डोनेसिया, अगस्ट १९-२१ टोकियो, जापान, अगस्ट २६ ब्रुम, अष्ट्रेलिया, अगस्ट २७-२९ पर्थ, अष्ट्रेलिया

अगस्ट ३०-३१ काठमाडौं, नेपाल, सेप्टेम्बर २-३ सिंगापुर, सेप्टेम्बर ५-६ नाडी, फिजी, सेप्टेम्बर ७-८ पोर्ट विला, भानुअतु, सेप्टेम्बर ९-१२ एडिलेड, अष्ट्रेलिया, सेप्टेम्बर १४ क्यानबेरा, अष्ट्रेलिया, सेप्टेम्बर १७,२४,२५, अष्ट्रेलिया, सेप्टेम्बर २०-२१ विन्डहोक, नामिबिया, सेप्टेम्बर २२ वाल्भिस बे, नामिबिया, सेप्टेम्बर २३-२४ अक्रा, घाना, सेप्टेम्बर २८-३० , डेभोनपोर्ट, अष्ट्रेलिया, सेप्टेम्बर ३० अक्टोबर २ होबार्ट, अष्ट्रेलिया, अक्टोबर ५-९ सिड्नी, अष्ट्रेलिया, अक्टोबर १३-१६ जिलङ, अष्ट्रेलिया।

टी-२० विश्वकप २०२२

समूह ए 
नामिबिया, श्रीलंका, युएई, नेदरल्यान्ड्स 

समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे

सुपर १२ - समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता

सुपर १२ - समूह २
बंगलादेश, भारत, पाकिस्तान,  दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता

पहिलो चरणमा समूह ए र बी का खेल हुनेछन्। दुवै समूहका शीर्ष दुई-दुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत समूहका दुई-दुई शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्।

प्रकाशित: Aug 30, 2022| 13:04 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।