मंगलबार, माघ ६, २०८२

चितवन टाइगर्सले भित्र्यायो पाकिस्तानी खेलाडी डेनिस अजिज

ईपीएलले एक सूचना जारी गर्दै अजिजलाई आफ्नो क्लबमा अनुबन्ध गरेको जानकारी दिएको हो। अजिज चितवनले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। यसअघि रोकिएको संस्करणको लागि उसले जेम्स फुलर र टिम डेविड अनुबन्ध गरेको थियो।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिस अजिजलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फ्रेन्चाइज क्लब चितवन टाइगर्सले अनुबन्ध गरेको छ।

National life

ईपीएलले एक सूचना जारी गर्दै अजिजलाई आफ्नो क्लबमा अनुबन्ध गरेको जानकारी दिएको हो। अजिज चितवनले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। यसअघि रोकिएको संस्करणको लागि उसले जेम्स फुलर र टिम डेविड अनुबन्ध गरेको थियो।

‘डेनिस अजिज, पाकिस्तानका एक सेन्सेसनल ब्याट्स्मेन अहिले चितवन टाइगर्समा अनुबन्ध भएका छन्,’ ईपीएलले खेलेको छ।

२५ वर्षे अजिजले गएको अप्रिलमा मात्र पाकिस्तानको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।

उनले पाकिस्तान सुपर लिगको २०१८ को संस्करणमा काराँची किंग्सबाट खेलेका थिए। त्यस्तै, उनले फस्ट क्लास क्रिकेटमा भने २०१४ मा कराँची डल्फिन्सबाट डेब्यू गरेका थिए। उनले पाकिस्तानको उमेर समूहको टिम यू-१९ बाट पनि खेलिसकेका छन्।

Laxmi sunrise bank
kumari

‘अब सेप्टेम्बरमा हुने ईपीएलमा डानिसलाई विदेशी खेलाडीको रुपमा भित्र्याउँदा हामी निकै खुसी र उत्साहित छौं। उनलाई पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा पनि हेरिएको छ। अजिजको विस्फोटक प्रहार र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपमा परिवर्नत देखिनेछ,’ चितवन टाइगर्सले जारी गरेको प्रेस विज्ञप्तिमा अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीलाई उद्धृत गर्दै देखिएको छ।

यसअघि काठमाडौं किंग्स ११ ले साहित अफ्रिदीलाई आफ्नो टिममा भित्र्याइसकेको छ। चौथो संस्करणको आईसीसी मान्यता प्राप्त ईपीएल आउँदो असोज ९ बाट कीर्तिपुरस्थित त्रिविको मैदानमा सुरु हुँदैछ।

प्रकाशित: Aug 09, 2021| 10:05 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।