बिहीबार, असार ३२, २०८३

एसियन कप छनोटमा नेपाल ओमनसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–मलेसियामा जारी एसियन कप छनोट क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । नेपाल आफ्नो पहिलो खेलमा ओमनसँग सात विकेटले पराजित भएको हो । 

नेपालले दिएको दुई सय २२ रनको लक्ष्य पछ्याएको ओमनले ४८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टायो । पहिले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन जोडेको थियो ।

ओमनका खावर अलीले सर्वाधिक ८४ रन जोड्दै अविजित रहे । त्यस्तै जिसान मक्सुदले ४५ रनमा अविजित रहदा वैभब वाटेगोन्करले ४१, जतिन्दर सिंहले ३० र अक्युब ल्यासले १६ रन जोडे । नेपालका लागि कप्तान पारस खड्काले एक विकेट लिए ।  जतिन्दर र वैभब रनआउट भएका थिए ।

यसअघि नेपालका लागि सागर पुनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन जोडेका थिए । उनले ८४ बल खेल्दै छ चौका र दुई छक्काको मद्दतमा ८३ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञनेन्द्र मल्ल अर्धशतक बनाउनबाट ५ रनले चुके । 

मल्लले ६० बलमा ६ चौका र एक छक्काको मद्दतमा ४५ रज जोडेका थिए । मध्येक्रममा मैदान प्रवेश गरेका आरिफ सेख र पुनको जोडीले धरमराएको नेपाली ब्याटिङलाई उकासेका थिए । आरिफले ७४ बल खेल्दै तीन चौकाको मद्दतमा ३६ रन जोडे । 

अन्तिम दोस्रो ओभरमा मैदान प्रवेश गरेका करन केसीले बिस्पोटक ब्याटिङ गर्दै १० बलमा २६ रन जोडे । उनले १० बलमा दुई छक्का र एक चौका प्रहार गरे । नेपालका अन्ये ब्याट्सम्यानले भने दोहोरो अंकछुन सकेनन् । 

ओमनका लागि बिलाल खान, मोहमद नदिम र अजय लालचेताले समान दुई–दुई विकेट लिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।