शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

मेयर बालेन गत साउन २४ गते थापाथलीस्थित नर्भिक अस्पतालले बनाएका अनधिकृत संरचना हटाउन पुगेका थिए। अस्पताल पुगेर अल्टिमेटम दिएर फर्किएको भोलिपल्ट सर्वोच्च अदालतले तत्काल संरचना नहटाउन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशमाथि टिप्पणी गर्दै मेयर शाहले सामाजिक सञ्जालमा नक्सा पासको अधिकार पनि सर्वोच्चलाई दिनुपर्ने भन्दै टिप्पणी गरेका थिए।

उक्त टिप्पणीपछि अधिवक्ता दीपकराज जोशीले अदातलको मानहानीको आरोप लगाउँदै भदौ २ गते सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गरेका थिए। 

प्रकाशित: Aug 29, 2022| 15:56 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।