काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ।
आगामी चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले बताए। तोकिएको संख्यामा म्यादी भर्ना गर्न अर्थले बजेट जोहो गरेको उनको भनाइ छ।
अर्थले स्वीकृति दिएसँगै भर्ना खोल्ने तथा छनोट प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। म्यादी प्रहरी कम्तीमा ४० दिनका लागि भर्ना खुलाइनेछ। सरकारले यसअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो। उनीहरूलाई ४५ दिनका लागि भर्ती गरिएको थियो।