शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिन्नाभिन्नै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

भिन्नाभिन्नै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा ग२२प ६१३ नम्बरको मोटरसाइकल ना४ख ९६०३ नम्बरको ट्रकमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा ग२२प ६१३ नम्बरको मोटरसाइकल ना४ख ९६०३ नम्बरको ट्रकमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। 

National life

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका-२ घर भएकी २५ वर्षीया श्रृजना विक रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान् र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बा.६०प ५२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका-१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।

चितवन, भरतपुर महानगरपालिका-५ कल्याणपुरमा रोकी राखेको ना.७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३-००४ प ५३७८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेलको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

रुपन्देही, तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु.१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका-३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खरालको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकल लु.२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित हुँदा लु.१ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किएर दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 29, 2022| 13:31 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।