काठमाडौं- युइएफए बर्षको उत्कृष्ट गोलको उपाधि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले जितेका छन्। उनले युइएफएको वेबसाईटका ३ लाख ४६ हजार नौं सय १५ प्रयोगकर्ताले गरेको मतका आधारमा युइएफए बर्षको उत्कृष्ट गोलको उपाधि जितेका हुन्। रोनाल्डोलाई लगभग २ लाखको हाराहरीमा मत प्राप्त भएको छ ।
उनी गोल युइएफए डट कमबाट भएको अनलाईन भोटिङका आधारमा अग्रस्थानमा छ।
आफ्नो नयाँ टिम युभेन्ट्स विरुद्ध रियल मड्रिडबाट युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा गरेको ओभर हेड किक गोल युइएफए बर्षको उत्कृष्ट गोलमा समावेश भएको थियो । गत बर्ष युभेन्ट्सका उनका नयाँ साथी मारियो मान्डुज्कीले युइएफए बर्षको उत्कृष्ट गोलको उपाधि जितेका थिए।
जहाँ मान्डुज्कीले मड्रिड विरुद्ध आफ्नो अन्तिम गोल गर्दै खेल जितेका थिए । २०१४–१५ र २०१५–१६ मा युइएफए बर्षको उत्कृष्ट गोलको उपाधि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले जितेका थिए।
यतीखेर अनलाइन भोटिङमा रनर-अप डिमिट्री पयट रहेका छन्। उनले युइएफए युरोपा लिगमा आरबी लेइपिङविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यस्तै तेस्रो स्थानमा इभा नाभारो परेकी छिन् । उनले यु–१७ युरोको फाइनल खेलमा जर्मनीविरुद्ध उत्कृष्ट गोल गरेका थिइन।
यो बर्ष पछिल्ला १२ महिनामा गरेका विभिन्न खेलाडीका ११ गोल समावेस गरिएका थिए । तिनै ११ गोलबाट तीन उत्कृष्ट गोल युइएफए बर्षको उत्कृष्ट गोलको मनोनयनमा समावेश गरिएको थियो।
उत्कृष्ट तीन
१. क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स ०-३ रियल मड्रिड)
१९७,४९६ मत
२. डिमिट्री पयेट (मार्सेइली ५-२ आबी लेइपिङ)
३५,५५८ मत
३. इभा नभारो (जर्मनी ०-२ स्पेन)
२३,३१५ मत
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४