तनहुँ- व्यास नगरपालिक-११ राम्चेधीस्थित शेराफाँट टोलमा आइतबार राति १२ बजेतिर चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय दिलमाया गुरुङका ९ वर्षीय छोरा शंकर गुरुङ रहेको प्रहरीले जनाएको छ।
पिँढीमा सुतिरहेको समयमा छोरालाई चितुवाले आक्रमण गरेपछि आमाले चितुवासँग लडेर छोरालाई बचाएकी थिइन्।
छोरालाई बचाउने क्रममा आमालाई पनि चोट लागेको र उनीहरू दुवैको दमौली अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।