शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास प्रकरण : ढकाललाई थुनामुक्त गर्न अदालतको अस्वीकार

ललिता निवास प्रकरण : ढकाललाई थुनामुक्त गर्न अदालतको अस्वीकार

आइतबार न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ढकालको निवेदन अस्वीकृत भएको फैसला सुनाएको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– विशेष अदालतले बालुटारमा रहेको जग्गा हिनामिनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्न पुनः अस्वीकार गरेको छ। फौजदारी कार्यविधि संहिताको दफा ७८ बमोजिम थुनामुक्तको माग लिएर ढकालले पेस गरेको निवेदनलाई अदालतले अस्वीकार गरेको हो।

National life

दफा ७८ मा अभियोग प्रमाणित हुँदा हुने अधिकतम कैदको सजायभन्दा बढी अवधि थुनामा राख्न नमिल्ने व्यवस्था छ। ढकालले उक्त व्यवस्था र आफू ज्येष्ठ नागरिकसमेत भएकाले थुनामुक्त हुन पाऊँ भनी ८ भदौमा निवेदन दिएका थिए। 

आइतबार न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ढकालको निवेदन अस्वीकृत भएको फैसला सुनाएको हो। विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले ढकालको निवेदन अस्वीकार भएको बताए। 

थुनाबाहिर रहन ढकालले गरेको यो तेस्रो प्रयास हो। यसअघि विशेषले थुनामा राख्न आदेश दिएपछि ढकाल सर्वोच्च अदालत पुगेका थिए। त्यतिबेला सर्वोच्चमा राय बाझिएको थियो। 

अहिले पुनः ढकालले फौजदारी कार्यविधि संहिताको सुविधाअनुसार निवेदन दिएका थिए। उक्त दफा ७८ मा लगाइएको अभियोग प्रमाणित भए हुन सक्ने अधिकतम कैदको अवधिभन्दा बढी थुनामा राख्न नमिल्ने व्यवस्था छ। 

ललिता निवास प्रकरणमा ढकालसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। २२ माघ २०७६ मा मुद्दा दायर भएको थियो। यीमध्ये ६५ जनाविरुद्ध भने जग्गा फिर्ताको हकमा मात्र प्रतिवादी कायम गरिएको छ।

प्रकाशित: Aug 29, 2022| 11:48 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।