शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्युरोडको सुरज अर्केडका अनधीकृत संरचना हटाउँदै महानगर

न्युरोडको सुरज अर्केडका अनधीकृत संरचना हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले आज न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउने भएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउने भएको छ।

National life

अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर पठाउने तयारी गरेको बताइएको छ।

महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ। गत हप्ताको मंगलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचना हटाउन थालेको हो। 

नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहको निर्देशनमा महानगरले भत्काउन थालिएको हो। 

अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ। 

यस्तै त्रिपुरेश्वरस्थित राहादानी विभागको अन्डरग्राउन्ड पनि महानगरले खाली गराएको छ। दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगरले निर्देशन दिइसकेको छ। 

महानगरको निर्देशनलाई अटेरी गर्दा अवैध संरचनामा डोजर चलाउन महानगर बाध्य भएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। 

नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो। आइतबार महानगरले रत्नपार्क क्षेत्र र भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काएको थियो।

प्रकाशित: Aug 29, 2022| 10:34 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।