बिहीबार, असार ३२, २०८३

बार्सिलोनाका फरवाड पाको डटमन्ड भित्रिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जर्मन-बार्सिलोनाका फरवाड पाको अल्केकर यस सिजन बोरुसिया डटमन्डमा भित्रिएका छन् । उनी डटमन्डमा बार्साबाट ऋिणमा भित्रिएका हुन् । २४ बर्षीय स्पेनिस खेलाडी पाको २०१६ मा भ्यालेन्सीयाबाट ३० मिलियन युरोमा बार्सिलोना भित्रिएका थिए । तर, उनी आफुलाई टिमको पहिलो रोजाईमा राख्न असफल रहे ।

डटमन्डले ट्विटरमा टेन्डर-स्टाइल भिडियो पोस्ट गर्दै पाकोलाई अनुबन्ध गरेको घोषणा गरेको हो । पाकोले भने, ‘म वास्तवमा डटमन्ड र उनीहरुको अविश्वासनिए प्रशंसाका लागि खेल्न चाहन्छु ।’ पाकोलाई अनुबन्ध गर्न यस सिजनको अन्त्यमा आफुसँग विकल्प रहेको क्लबले बताएको छ । क्लबका अनुसार सिजनको अन्तमा पाकोलाई ३० मिलियन युरोमा किन्न सक्ने बताइएको छ । 

‘पाकोले बार्सिलोनामा विश्वका स्टार खेलाडीसँग आफ्नो दैनिकी बिताएका छन् ।’ डटमन्डका खेल निर्देशक माइकल जोर्कले भने, ‘यो क्लबबीचको अत्यधिक प्रतिस्पर्धाका कारण हो की उनले दुई बर्ष पछि एक नयाँ खेल जिवन शुरुवात गर्ने निर्णय गरेका हुन् ।’ पाकोले बार्सिलोनाबाट ला लिगाका दुई सिजनका ३७ खेल खेल्दै १० गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।