शनिबार, जेठ २, २०८३

पहिरोमा पुरिएर रुकुम पश्चिममा आमा-छोरीको मृत्यु

रुकुम पश्चिममा पहिरोमा परिएर आमा र छोरीको ज्यान गएको छ। पहिरोमा परी अर्की छोरी घाइते भएकी छन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

जाजरकोट- रुकुम पश्चिममा पहिरोमा परिएर आमा र छोरीको ज्यान गएको छ। पहिरोमा परी अर्की छोरी घाइते भएकी छन्। 

National life

आइतबार जाजरकोट भेरी नगरपालिका-१ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको हो।

बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। अहिले तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अहिले उनी खतरामुक्त रहेकी प्रहरीले जनाएको छ।

आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका-१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै गरेका बालमती र उनकी छोरी पानी परेपछि रुकुमपश्चिम आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए।

सोही क्रममा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो।

प्रकाशित: Aug 29, 2022| 06:55 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।