शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिम नेपालका केही नदीमा जल सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

पश्चिम नेपालका केही नदीमा जल सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। देशका केही स्थानमा गएराति देखिनै वर्षा भइरहेको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। देशका केही स्थानमा गएराति देखिनै वर्षा भइरहेको हो। 

National life

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज थप वर्षा हुनेछ। 

मोहना मालाखेतीमा जलसतह सतर्कता तह पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलामा आकस्मिक बाढी आउनुको साथै होचा ठाँउमा डुबान हुनसक्ने भएकाले बिहान ८ बजेसम्म सतर्क रहन महाशाखाले आग्रह गरेको छ। 

बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवासलगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्यूठानको केही स्थानमा भारी वर्षा भएको छ। यी क्षेत्रमा थप हुनसक्ने महाशाखाको भनाइ छ। 

बबईका सहायक नदीलगायत कान्द्रा, मोहना, रंधुन, चौधरनदीमा आकस्मिक बहाव हुनसक्ने र तटीय क्षेत्रमा ९ बजेसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

देशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।

प्रकाशित: Aug 29, 2022| 06:32 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।