बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विपन्‍न वर्गको हित संरक्षणमा श्रीलंकाका प्रधानमन्त्रीको जोड

विपन्‍न वर्गको हित संरक्षणमा श्रीलंकाका प्रधानमन्त्रीको जोड

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पिटर ब्रुएर र मासाहिरो नोजाकी नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटवार्तामा उनले विपन्न वर्ग लक्ष्यित सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक भएको बताए।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

kumari

कोलम्बो- श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले मुलुकका विपन्न वर्गको हित संरक्षण अपरिहार्य भएको बताएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पिटर ब्रुएर र मासाहिरो नोजाकी नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटवार्तामा उनले विपन्न वर्ग लक्ष्यित सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक भएको बताए। 

उनले आइएमएफसँगको सम्झौतापछि देशको सामाजिक सुरक्षाको क्षेत्रलाई अझ सबल बनाउने आफ्नो सोच रहेको बताए। अकल्पनीय आर्थिक एवम् सामाजिक सङ्कट झेलिरहेको श्रीलङ्काका प्रधानमन्त्रीले आयात कटौती तथा निर्यात प्रवद्र्धन देशको अहिलेको पहिलो प्राथमिकता भएको जानकारी आइएमएफ प्रतिनिधिमण्डललाई दिनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। 

वर्तमान आर्थिक संकटबाट सबैभन्दा बढी विपन्न वर्ग परेका र उनीहरूको संरक्षणका साथै उनीहरूलाई उचित सामाजिक सुरक्षा प्रदान गर्नु आफ्नो सरकारको दायित्व भएको बताउँदै प्रधानमन्त्री गुणबर्द्धनले आर्थिक सुधारका कार्यक्रममा पनि कमजोर एवम् विपन्न वर्गको उत्थानलाई केन्द्रमा राखिएको जानकारी दिए। 


प्रकाशित: Aug 29, 2022| 05:00 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।