बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लिबियामा झडपमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १५९ घाइते

लिबियामा झडपमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १५९ घाइते

आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्, मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को सज्ञा दिँदै यसको निन्दा गरेको थियो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

kumari

त्रिपोली- लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन्। अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन्।

लिबियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पुर्‍याउनुका साथै भवनमा आगजनी गरेका थिए। आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्, मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को सज्ञा दिँदै यसको निन्दा गरेको थियो।

सन् २०१९ र २०२० मा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिंसा हो। 


प्रकाशित: Aug 29, 2022| 00:00 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।