बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिलले मैत्रिपुर्ण खेलका लागि फरवार्ड रिचर्लिसनलाई बोलायो

ब्राजिलले मैत्रिपुर्ण खेलका लागि फरवार्ड रिचर्लिसनलाई बोलायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–एर्भटन फरवार्ड रिचर्लिसनलाई ब्राजितले पहिलो पटक कल गर्दै सिनियर टिममा बोलाएको छ । उनलाई युनाईटेड स्टेड र एल सल्भाडोरसँगको मैत्रिपुर्ण खेलका लागि सिनियर टिममा बोलाइएको हो । २१ बर्षिय रिचर्लिसनले पेड्रोको स्थान लिने छन् ।

रिचर्लिसनले २०१५ मा अमेरिका माइनेइरो क्लबबाट सिरी–बी खेल्दै व्यवसाहिक फुटबल यात्रा शुरु गरेका थिए । त्यसपछि सिरी–ए खेल्दै हाल प्रिमियर लिग खेल्दै छन् । प्रिमियर लिगका दुई सिजन खेलेका उनले पहिलो सिजन वाटफेर्डबाट खेलेका थिए । उनी गत सिजन फुल्मिनेन्सबाट वाटफोर्ड पुगेका थिए । गत सिजन उनले वाटफोर्डबाट प्रिमियर लिगका ३८ खेल खेले । उनी यसै सिजन ५० मिलियन पाउण्डमा वाटफोर्डबाट एभर्टन भित्रिएका हुन् ।

उनले यस सिजनका दुई खेल खेल्दै तीन गोल गरिसकेका छन् । रिचर्लिसनले वोल्स विरुद्ध दुई गोल गरेका थिए भने साउथह्यमप्टन विरुद्ध एक गोल गरेका थिए । तर, २५ अगस्टमा बर्नमाउथ सँगको खेलमा रातो कार्ड खादै रिचर्लिसन मैदानबाट बाहिरिएका थिए । रिचर्लिसनले ब्राजिल यु–२० टिमबाट १० खेल खेल्दै तीन गोल गरि सकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।